बेहाेस अवस्थामा भेटिएका एक युवककाे मृत्यु

पुस्कर पन्त सुनार
सल्यान
फागुन १८
सल्यानमा बेहोस अवस्थामा भेटिएका युवकलाइ अस्पतालले मृत घोषणा गरेको छ । जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्‍वकर्मा ग्रिल उद्योग संचालन गरी बस्दै आएका २४ बर्षीय दिनेश बि.क बिहिवार करिब ६: ४५ बजे तिर खोलाको किनारमा बेहोस अवस्थामा भेटिएका थिए । बि.क लाइ बेहोस अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै इ.प्र.का लुहामबाट प्र.ना.नि. गणेश चन्दको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई निज ब्यक्तीलाई प्रहरीले एम्बुलेन्स मार्फत उपचारको लागी जिल्ला अस्पताल सल्यानमा पठाइएको र जिल्ला अस्पताल सल्यानले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरेहेको प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छ्न !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation