पुस्कर पन्त सुनार, सल्यान
सल्यान जिल्लाकाे कुमाख गाउँपालिकाकाे वडा नं:६ बडागाउँकाे अध्यक्षकप सुरु भएको छ । कुमाख गाउँपालिकाे युवा लक्ष्यित कार्यक्रमकाे लागि विनियोजित रकमबाट साे खेलकुद सन्चालन कार्यक्रम गरिएकाे कार्यक्रमका सभाध्यक्ष तथा कुमाख गाउँपालिका वडा अध्यक्ष कर्णबहादुर बिकले बताए ।
कार्यक्रममा बाेल्दै अध्यक्ष बिकले खेलकुदको विकास र विस्तार तथा खेल जगतकाे विकासकाे लागि अध्यक्ष कप काेेशेढुङगा हुने बताए । उनलेे आगामी दिनमा पनि खेलकुदकाे सम्रग विकास गर्दै खेलाडीलाई अगाडि बडाउनको लागि वडा सरकार सधै लागिरहने समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले खेलाडीलाई अनुशासन र सब्य भएर खेल्न र आगामी दिनमा खेल क्षेत्रमा कुमाख गाउँपालिकाले प्रत्येक बर्ष बजेट बिनियोज गर्नसमेत बताए । उनलेे खेल जगतलाई अगाडि बढाउन सरकारकाे हर प्रकारकाे सहयाेग र सहकार्य रहने बताउँदै सम्पूर्ण खेलाडीहरुले जिम्मेवार र नैतिकताको साथ कडा मेहनत गर्न सके मात्रै खेल जगत अगाडि बढ्ने बताए ।
अध्यक्ष कप खेलकुद प्रतियोगितामा विभिन्न खेलहरु समाबेश गरिएकाे छ । जसअन्तर्गत भलिबल, हाइज्पम, लमज्मप, तित्रपलजप्म, १०० सय मिटर दौड ,४०० सय मिटर दौड, १५०० मिटर दौड, ब्याटमिटन, पुरुष महिला सबै समावेश गरिएकाे खेलकुद ब्यबस्थापक तथा संचालन समिति संयोजक पुष्कर पन्त सुनारले बताए । कार्यक्रम स्थान ल्याउने खेलाहरुलाई मेडलकप ,प्रमाणपत्र ,ट्र्पि पुरस्कार पाउने छन् । आजदेखि सुरु भएका वडा अध्यक्षकप खेलकुद कार्यक्रम २१ सम्म चल्ने पुस्करले बताए ।
कार्यक्रममा कुमाख गाउपालिका वडा न:६ वडा सदस्य ज्ञानु जैसीले उपस्थित खेलाडी र अतिथिलाई स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समावेसी युवा क्लबका अध्यक्ष प्रकाश बिक, अखिल (क्रान्तिकारी) बिप्लव निकट सल्यान जिल्ला उपाध्यक्ष अनिल रोकाय, कुमाख गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष डिल्ली राना,राष्ट्रिय जनर्माचा जिल्ला अध्यक्ष ढकन प्रसाद शर्मा, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य रेमन्त शर्मा, नेकपा माओवाद केन्द्र जिल्ला कमिटी सदस्य गणेश सुनार , कुमाख गाउँपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख दिपक चन्द , कुमाख गाउँपालिका निमित्त प्रमुख प्रशासकिय मान मान बहादुर बुढाथोकी लगायत ले खेलाडी लाई जित शुभकामना मन्तव्य दिएका थिए ।