नारी तिमी घाम हौ कि छाया ?

आँखा मा नजाने के यस्तो चमक छ
चाल मा खै किन के यस्तो गमक छ
मुस्कान मा लाली सुकोमल काया
नारी तिमी घाम हौ कि छाँया?

मरेर बाच्ने थाहा छ जानी 
सहन्छेउ प्रवस रहरै मानि
बेदना मनमा छाती मा छ मायाँ
नारी तिमी घाम हौ कि छाँया ?

एक हाँसो पछाडी आसुँको दह
क्षमता कति छ लुकाउने बह
जन्जिर बाटै चाहान्छेउ जाहाँ
नारी तिमी घाम हौ कि छाँया?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation