सल्यानमा तातियाे स्ववियुकाे माहाेल, कसले मार्ला बाजी ?

पुष्कर पन्त सुनार

फागुण २५, सल्यान ।

स्ववियु निर्वाचनका कारण सल्यानको विद्यार्थी राजनीति तातिएको छ । अन्य समय सुनसान हुने क्याम्पसमा अहिले विद्यार्थी संगठनका नेताहरु विद्यार्थीका नेताहरु खोजिरहेका छन ।

चैत्र ५ गते हुने निर्वाचनको तयारीमा संगठनका नेताहरु दौडधुपमा लागेका हुन । नेताहरुले सहमतिको प्रयासमा केहिदिनयता दौडधुप गरेपनि सबै संगठनका विचमा कुरा मिल्न सकेको छैन ।
कुरा मिल्न नसकेपछि काग्रस निकटको नेविसंघ इतरका अन्य ५ संगठनले गठबन्धन बनाएर चुनाव लड्ने बताएका छन।
उनिहरुले विज्ञप्ती निकालेर जिल्लाका सबै क्याम्पसमा साझा उम्मेद्वार उठाउने जनाएका छन ।

अनेरास्ववियुका राजेश वली, अखिल क्रान्तीकारीका रमेश विसी, विप्लव नेतृत्वको अखिल क्रान्तीकारीका दिपक सिं, अनेरास्ववियु (समाजवादी) का कमल खड्का र राप्रविसंघका सुबोजित श्रेष्ठले संयुक्त विज्ञप्ती निकालेर साझा उम्मेद्वार उठाउने जनाएका हुन ।
उता नेविसंघका कार्यवहाक अध्यक्ष प्रेम नारायण विकले स्ववियुको निर्वाचनका लागि २ दिनसम्मको सहमतीको प्रयास असफल भएको भन्दै जिल्लाका ७ वटै क्याम्पसमा आफ्नो उम्मेद्वारी रहने जनाएका छन !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation