प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु लड्ने सहमती

प्यूठान।प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने भएको छ ।
अनेरास्ववियु का जिल्ला अध्यक्ष जाल बहादुर केसी,नेबि संघका कल्याण बिक्रम केसी,अखिल छैठौका नवीन केसी र अखिल क्रान्तिकारी (बिप्लव) का अध्यक्ष प्रसुदा सि को सर्व सहमतिमा बैठक बसि स्ववियु चुनावमा प्यूठान जिल्लाका पाँच वटै क्याम्पस हरुमा चार संगठन तालमेल गरि जाने निर्णय बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिद्यार्थी हकहित र शैक्षिक अवस्था सुदृढ गर्नका निम्ति देशैभर चैत्र ५ गते स्ववियु चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation