इक्वेडरमा भुकम्प: १३ जनाकाे गयाे, हताहति र क्षतिकाे विवरण आउन बाँकी

५ चेत, एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ । इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाईएको छ ।भूकम्पबाट भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बालाओ शहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ ।

भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरुमा क्षति पुगेको छ । उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation