ट्रक दुर्घटनामा ३ जनाकाे ज्यान गयाे

दैलेखमा मनकामना ग्यास बोकेको ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिका– ४ तालपोखरी बजारनजिक बुधबार बिहान नेपालगन्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे.१ख २२०१ नम्बरको ट्रक दुर्घटनामा परी चालकसहित तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशाेर लम्सालले जानकारी दिए । लम्सालका अनुसार सहचालक प्रकाश कुमाईं घाइते भएका छन् । ट्रक सडकबाट झन्डै एक सय ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation