प्यूठान,प्यूठानको गौमुखी गाउपालिकाले बुक्तिचौरमा बुधवार आलुको बिउ वितरण गरेको छ । गौमुखी गाउपालिका प्यूठानले वडा न ६ बुक्तिचौरलाई आलु बीउ पकेट क्षेत्र बनाउने क्रममा आलुको बिउ वितरण गरेको हो ।
साथै गौमुखी गाउपालिकाका सातै वटा वडालाई कृषि पकेट क्षेत्रको रुपमा घोषित गरिसकेको र बुक्तिचौरलाई ५ वर्ष भित्रमा लुम्बिनी प्रदेशकै पर्याप्त आलु पाईने क्षेत्रको रुपमा आलु बीउ पकेट क्षेत्र बनाउने घोषणा गरिसकेको पालिका उपाध्यक्ष महावीर रानाले बताउनुभयो ।