प्यूठानमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

प्यूठान,प्यूठानमा टिप्परले ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्यूठान नगरपालिका ७ टिकुरी बसपार्क नजिकै आज विहान ९:५० मा गिट्टी अनलोड गरि व्याक गर्ने क्रममा लु २ क ३८८९ नं को टिप्परले ठक्कर दिदा गौमुखी गाउँपालिका ७ नारिकोटकी पैदल यात्री गिता विश्वकर्मा घाइते भएकी
थिइन ।

घाइतेको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतकको वाँया पट्टिको खुट्टाको हड्डि भाँचिएको हुँदा अवस्था गम्भिर भएको थियो ।

फरार टिप्पर चालक प्यूठान नगरपालिका १० हाडिगैराका २६ बर्षिय दिपक नेपाली जिल्ला प्रहरी कार्यालय प्यूठानको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक सुशिल थापाले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation