गौमुखीका असिना पीडित ५ सय बढी  घरधुरीलाई पालिकाले दियो ७० क्विन्टल मकै बीउ

प्यूठान ,प्यूठानको गौमुखी गाउपालिकाले पालिकाको वडा न-१ अर्खामा आईतवार ५ सय ९६ घरधुरीलाई ७० क्विन्टल  मकैको बीउ वितरण गरेको छ । पालिकाले  ४० के.जि को ५० क्विन्टल  र २५ के.जि  २० क्विन्टल गरि ७० क्विन्टल मकैको बीउ वितरण गरेको हो।

सोही मकै बीउ वितरण  कार्यक्रम पालिका अध्यक्ष विष्णु गिरीको उपस्थितिमा भएको छ । गिरीले सोही कार्यक्रममा बोल्दै थप राहतको लागि प्रदेश र केन्द्रको ध्यानाकर्षण गर्ने बताउदै पालिका बासिको हरेक समस्यामा आफुहरु हरबखत तयार भै लाग्ने बताएका छन ।

साथै सखाप बालिको अवलोकन एवम भुगोल अबलोकनमा १३ गते पालिका उपाध्यक्ष महाविर रानाले गरिसकेको र वितरणमा अध्यक्ष विष्णु गिरी आइतबार उपस्थित भएका हुन ।

प्यूठानको उत्तरी भेगमा पर्ने गौमुखी गाउपालिकामा गत १३ गते भीषण असिना पानीले  वडा न १,२ र ३ का बासिन्दाहरुको गहुँ,जौ,तरकारी,उम्रदै गरेको मकै लगायत अन्नवाली सखाप पारेको थियो ।

गत १४ गते क्षतिग्रस्त अन्नबाली एवम भुगोल अवलोकन गर्दै उपाध्यक्ष सहितको टोलि

भित्राउने बेलाको अन्नबाली असिनाले सखाप पारेपछी गहुँ ,जौ एबम अन्य बालिहरु काटेर जनावरलाई खुवाउन बाध्य भएको स्थानियहरु बताउछन ।

२ फिट असिनाले पुरिएको गहुँ बाली

“क्षती भैहाल्यो थोरै भएनी क्षतिपूर्ति स्वरुप थप राहत मिलेसी किसानहरुलाई सहयोग हुन्थ्यो कि” वडा अध्यक्ष डिल बहादुर थापाले बताए ।

क्षतिपूर्ति स्वरुप मकैको बीउ राहत पाउँदा स्थानियहरु हर्षित बनेको वडा अध्यक्ष थापाले प्राणमंच डटकमलाई बताए ।                                                                           फोटोफिचर:गत १३ गते असिना पानीले सखाप पारेको अन्नबाली,तरकारी एवम असिनाले पुरिएका क्षेत्रहरु  

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation