युद्ध समाजकाे आँखीझ्याल “भेडीकम्बलकाे प्वाल”काे विवेचना: ´छापामारकाे सशक्त कृति`

उदाहरण समूह नेपालले क्षितिज मगरको चर्चित कृत “भेडीकम्बलकाे प्वाल” काे अन्तरक्रियात्मक विवेचना कार्यक्रम गरेकाे छ । पत्रकार महासंघकाे सभाहल घाेराहीमा भएको साे कार्यक्रमा क्षितिजकाे कृतिलाई वक्ता तथा समालोचकहरुले विभिन्न काेणबाट समालाेचना गरे ।

समीक्षक पदम प्रसाद पाेख्रेलले कृतिले वर्ग संघर्षमा संघर्षरत एउटा युद्ध कमान्डरले नेपाली समाजकाे यथार्थ दर्पण कथामार्फत उतारेकाे बताए । पाेख्रेलले गाेला बारुद र लडाइँको मैदानहरु जहाँ मुक्ति वा मृत्यु/ विजय र पराजयकाे मात्र हिसाबकिताब रहन्छ, बलिदानकाे बलिभेदीमा कतिबेला आफू समाहित हुने भन्ने कहालिलाग्दो समयकाे बावजुत साे कृति दिनु सर्जककाे कलात्मक सहित्यकाे ठुलाे उपलब्धि भएको बताए ।

उनले कथामा व्यक्त भएका पात्रका प्रवृत्तिहरु गाैरवपूर्ण, उत्पीडित वर्ग र आफ्नो माटाेप्रति निकै प्रतिबद्ध रहेकाेले साे कथा समग्र जनयुद्ध तथा जनआन्दोलन रक्षाकाे खातिर प्रगतिशील यथार्थमा आधारित रहेकाे बताए ।

दश वर्षे जनयुद्ध र ०६२/६३ काे जन आन्दोलन यताकाे नेपाली समाजकाे चित्रलाई काव्यात्मक शैलीमा विवेचना गरिएकाे साे कृति खासगरी माक्र्सवादी साहित्यमा रमाउने प्रगतिशील एवम् क्रान्तिकारी लेखक तथा जनयुद्ध के हाे भन्ने विषयमा रुचि राख्ने पाठकहरुकाे लागि निक्कै सान्दर्भिक रहेकाे र कथा लेखनमा व्यक्त लेखकीय स्व:अनुशासन धैर्यता र पात्रहरुकाे बदला भावबाट अलग रहेर देखाइएको शीलस्वाभावजन्य विशेषताहरुले आम पाठकहरुकाे लागि पनि निकै रुचिकर रहेकाे वरिष्ठ साहित्यकार एवम् समालोचक प्राध्यापक केशव सुवेदीले बताए ।

युवा लेखक तथा वक्ता सुमिनाले भेडीकम्बलकाे प्वालले करिब ३० वर्षे नेपाली समाजकाे अर्थराजनीतिक अवस्था तथा दश वर्षे जनयुद्ध र नेपाली समाजका सामाजिक साँस्कृतिक पक्षकाे सचित्र वर्णन गर्न सफल भएको बताइन् । उनले दमनकारी पितृसत्तात्मक व्यवस्थाकै कारण कथामा देखिएका पात्रहरु यसै व्यवस्थाकाे वरिपरि घुमिरहेकाे पनि बताइन् ।

कार्यक्रममा युवा साहित्यकार तथा पत्रकार पदम प्रसाद पाेख्रेलले कृतिकाे समग्र विषयमा समालोचनासहितकाे समीक्षा राखे भने वरिष्ठ साहित्यकार प्राध्यापक केशव सुवेदी, डाक्टर गाेविन्द आचार्य तथा नारीवादी सशक्त लेखक सुमिनाले अन्तरक्रियात्मक व्याख्या,विश्लेषण एवं समालाेनात्मक टिप्पणी राखे ।

कथामा कथानक प्रधानता भएको र हरेक ठाउँमा अब के हुन्छ भन्ने काैतुहलताले पाठकलाई अध्ययनमा पूरा आकर्षक पैदा गर्न सफल भएको वरिष्ठ साहित्यकार एवं कार्यक्रमका वक्ता डाक्टर गाेविन्द आचार्यले बताए । उनले कथामा एक रसता भएकाेले साे कृति उपन्यासको दर्जामा रहन सफल भएको समेत बताए । आचार्यले प्रकृति र संस्कृतिको उचित तालमेल रहेकाे साे कथामा व्यक्त सुन्दर काव्यात्मक कलाले कृतिलाई निकै ओजिलाे बनाएकाे बताए ।

सर्जक क्षितिज मगरले उठेका समग्र समालोचनाकाे विषयमा आफ्नो प्रष्टीकरण राख्दै कृतिमा देखिएका भाषिक तथा पात्र प्रवृत्तिका समस्याहरुलाई आगामी संस्करणमा सच्याएर थप व्यवस्थित बनाउने बताए । उनले आफ्नाे कृतिलाई निकै रुचिका साथ अध्ययन गरी समालोचना गर्ने सम्पूर्ण वक्ता तथा समिक्षकहरुलाई आभार व्यक्त गरे । उक्त कार्यक्रमकाे सहजीकरण युवा साहित्यकार घनश्याम आचार्यले गरे भने संचालन उदाहरण समुहका अभियान्ता तिर्थराज चाैधरीले गरेका हुन् ।


दश वर्षे जनयुद्ध (वर्गसंघर्ष) र नेपाली समाजकाे सचित्र उत्खनन गरिएको कथासंग्रह ‘भेडीकम्बलको प्वाल’ खासगरी नेपाली समाजमा व्याप्त मनयुद्ध/ धर्मयुद्ध, समाज र संस्कृतिकाे जीवन्त उत्खनन् भएकालेे पाठकका मन मुटुका कुना कन्दराहरुमा परिवर्तनको हुटहुटी थपेकाे छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation