ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई जनाकाे मृत्यु

 

ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे घटनास्थलमै जनाकाे ज्यान गएको छ भने एक जनाकाे उपचारको क्रममा मृत्यु भएको छ।

तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत सोमबार बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा  मोटरसाइकलमा सवार दुई जनाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको ।

घाेराही उपमहानगरपालिका ११ खैरा चाेकमा साे दुर्घटनामा भएको हाे । दुर्घटनामा परि घाेराही उपमहानगरपालिका ११ निवासी १७ वर्षीय गाेपाल बिककाे घटनास्थलमै मृत्यु भएको छ भने साेही ठाउँका २६ वर्षीय सन्देश घर्तीकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएको हाे । ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे र मुतक दुबै जनाकाे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराहीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गाैतमले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation