दुर्घटनामा परेका कीर्तिपुर वडाध्यक्षकाे निधन

काठमाण्डौंकाे कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका श्याम कुमार अधिकारीका हिजाे उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।

अधिकारी यही वैशाख १ गते वडा नं–४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । उनी चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक दुर्घटनामा भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । अधिकारीले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेकाे थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation