जिप दुर्घटना हुँदा ५ जना घाइते

सल्यानमा डवलक्याप गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ६ कल्लेखोलामा भएको
डवलक्याप दुर्घटनामा परि पाँच जना यात्रु घाइते भएका हुन् ।

लु १ ज ९७२७ नम्बरको गाडी दुर्घटना हुँदा एकै ठाउँका पाँच जना यात्रु घाइते भएका हुनु । घाइते हुनेहरुमा शारदा नगरपालिका वडा नं. १२ अम्राईटाकुरा निवासी ५८ बर्षिया गोमा बोहोरा, २९ बर्षिया सागर बोहोरा छन् । यस्तै घाइतेहुनेहरुमा सोही ठाउँ निवासी ३८ बर्षिया कमला बुढाथोकी, ३३ बर्षिया गोबिन्द बोहोरा र ४३ बर्षिया गोपिलाल बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको फलाबाङदेखि श्रीनगरतर्फ जादैगर्दा उक्त गाडि दुर्घटना भएको हाे । गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर सडकमै उत्तानो परेकाे छ । घाइतेहरुको उपचार श्रीनगरमा रहेको कान्तिपुर सामुदायिक अस्पतालमा भैरहेको प्रहरीले जनाएको ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation