पुर्व गृहमन्त्री लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २ सय १४ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ५२ मत ल्याएका थिए ।
उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३ सय मत पाएका थिए ।
चितवन क्षेत्र नं. २ मा १० गते भएको उपनिर्वाचनमा ७८ हजार २ सय ७७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation