बालबालिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति हुन्: अध्यक्ष श्रेष्ठ

प्यूठान, एक कार्यक्रमका बिच बोल्दै प्यूठान नगरप्रवक्ता तथा वडा नं-३का वडा अध्यक्ष सुमनराज श्रेष्ठले बालबलिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति रहेको बताउनुभएको छ । प्यूठान नगरपालिका ३ बिजयनगरमा बिहीवार वडा स्तरीय बाल सन्जाल गठन गरिएको छ।बिजयनगर वडा कार्यालयमा भएको कार्यक्रममा सन्ध्या नेपालीको अध्यक्षतामा १३ सदस्यीय बाल संजाल गठन गरिएको हो ।

प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं-३का वडा अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो ।

अध्यक्ष तथा नगरप्रवक्ता श्रेष्ठले कार्यक्रममा बोल्दै बालबालिका राज्यको महत्त्वपूर्ण सम्पत्ति र शक्ति रहेको बताउदै आगामी दिनमा वडा र नगरपालिकाले आफ्नो मार्गचित्र बनाउने बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation