नेकपा (एमाले)का सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बन्नेहरूलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । बिहीबार समाजिक सञ्जालमार्फत उनले नक्कली भुटानी शरणार्थी बन्ने र बनाउने जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझी पनि मुछिएका छन् ।
“नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ । साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौँ रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरीसँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ,” थापाले फेसबुकमा लेखेका छन्, “नेपाली भईकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् ।”
निर्दोष कसैलाई फसाउन नहुने र कोही पनि अपराधीले उन्मुक्ति पाउन नहुने उनको भनाइ छ ।