कपिलवस्तुमा राहदानीको सेवा बिहान ७ बजेबाटै

२९ वैशाख, रुपन्देही । राहदानीका लागि सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहान ७ बजेबाटै सेवा दिन शुरु गरेको छ । कार्यालयले   वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकीय अधिकृत निर्मल पोख्रेलका अनुसार पहिलो सिफ्ट बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म र दोस्रो सिफ्ट ११बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।

सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालयभित्र मिलाएको आचार्यले बताए ।

विगतमा सेवाग्राही स्वयमले बिचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र १५ सय रुपैयाँदेखि ५ हजार सम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको हो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय बाणिज्य बैंकको विस्तारित सेवा समेत जिल्ला प्रशासन कार्यालय भित्रै स्थापना गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए ।  यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुपर्ने झन्झट समेत कम हुने विश्वास छ ।                                                               अनलाईन खबर बाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation