Pranmancha

Advertisment

SKIP THIS

बुटवल कालिका क्याम्पसमा लेखन सम्बन्धि तीन दिने तालिम

रुपन्देही जिल्ला भित्र रहेका पब्लिक तथा प्राइभेट क्याम्पस स्टाफफहरुका लागि तीन दिने सिर्जनात्मक लेखनका लागि गुणस्तरीय डाटा व्यवस्थापन तथा विश्लेषणात्मक तालिम बुटवल कालिका क्याम्पसमा शुक्रबारबाट सुरु भएको छ ।

विश्वविद्यालय अनुदान आयाेगकाे सहयाेगमा गरिएको साे खाेजमुलक तालिमकाे सहजकर्ता (प्रशिक्षक) काे रुपमा डा. कर्ण राना र डाक्टर नारायण बेलावासे रहेका छन् ।

तालिममा जिल्लाका विभिन्न क्याम्पसबाट ३६ जना प्रध्यापकहरु सहभागी रहेकाे र साे तालिमले आजकाे बिज्ञान र प्रविधिकाे चरम विकास र त्यसकाे प्रयाेगकाे दुनियाँमा रमाउँदै/ पछ्याउँदै कसरी सिर्जनात्मक लेखन तथा खाेज अनुसन्धानमुलक गर्ने भन्ने विषयमा काेशेढुङ्गा साबित हाेस् भन्ने उदेश्यले साे तालिमकाे आयाेजना गरिएको बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले बताए ।

कुशल प्रशासन मार्फत विभित्र रचनात्मक र सिर्जनात्मक कार्य गर्दै गुणस्तरीय उच्च शिक्षा प्रदान गरी सत प्रतिशत सफल नतिजा प्रकाशन तथा भाैतिक पूर्वाधार विकासमा पनि छाेटाे समयमै देशकै चर्चित क्याम्पसकाे रुपमा उदाएकाे छ बुटवल कालिका क्याम्पसमा पछिल्लो समय विद्यार्थीहरुकाे आकर्षण बढिरहेको छ ।

डाटा/ तथ्यांक विश्लेषणकाे अभावमा कुनै पनि विषयवस्तु अधुराे/अपुराे रहन्छ । यसकाे महत्त्वलाई सबै सर्जक तथा खाेज कर्ताहरुले शिराेधार्य गरेमात्र वास्तविक ज्ञान प्रदान गर्न सकिने हुनाले गुणस्तरीय तथ्यांक संकलन र यसकाे विश्लेषणकाे महत्त्व झनै झांगिदै गएकाे सहजकर्ता डाक्टर नारायण बेलवासेले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation