हाप्किडो संघ लुम्बिनीको अध्यक्षमा केसी निर्वाचित

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा टेकराज केसी निर्वाचित भएका छन् । बुधवार राप्ती गाउपालिकाको सभाहलमा भएको लुम्बिनी प्रदेशस्तरीय भेलाले केसीको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

सोही सम्मेलनबाट उपाध्यक्षमा दुर्गाबहादुर खड्का, सचिवमा मोहसिन समिर हल्वाई, कोषाध्यक्षमा बिकाशकुमार बाठामगर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा महेश गुरुङ, सिर्जना बुढामगर, इशान पाठक, निक्कु विश्वकर्मा, रामकृष्ण डाँगी, रवि सुनार र माधव भण्डारी चयन भएका छन् ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा सन्चाकन भएको उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको प्रमुख आतिथ्यता र राप्ती गाउपालिकाका उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । १२ जिल्लाको प्रतिनिधि, परिवेक्षक र प्रशिक्षकहरुको उपस्थिती रहेको थियो ।
अध्यक्ष टेकराज केसी यसअघि हाप्किडो संघ प्यूठानका अध्यक्ष समेत रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation