‘बेटिङ’प्रचारको आरोपमा’म्याकुरी’ देखि ‘राजु मास्टर’सम्म ८ जना पक्राउ

जेठ ३२,काठमाण्डाै – अनलाइन जुवा अर्थात् ‘बेटिङ’ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् ।

हास्य कलाकार ‘राजु मास्टर’ भनेर चिनिने राजु पौडेल र ‘बल्छी धुर्वे’ भनेर चिनिने मरिचमान श्रेष्ठ, ‘भटभटे’ भनेर चिनिने बेगम नेपाली, ‘म्याकुरी’ भनेर चिनिने पवन खतिवडासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले सट्टेबाजी गरेर र कुनै पनि खेलको जित/हारको बारेमा पैसा लेनदेन गरी बाजी खेलाएको प्रहरीले जनाएको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रहरीको विशेष टोलीले हिजो बुधवार बेलुका उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ पर्नेमा कलाकार, युट्युबर, टिकटक प्रयोगकर्तालगायत रहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्ररूपमा हुन थालेपछि प्रहरीले ‘अपरेशन’ थालेको हो ।

यसअघि हिजै दिउँसो प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना एजेन्टहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation