


२८ असार,प्यूठान।उत्तरी प्यूठानको गौमुखी गाउँपालिकाले बिहिवार १४ हजार टिमुर र किम्बुका बिरुवा वितरण गरेको छ।गौमुखीको वडा नं-१ अर्खा,वडा नं-३ रजवारा र वडा नं-४ पुजामा विभिन्न बिरुवाहरु वितरण गरिएको छ।
भोलि अर्थात शुक्रवार पालिकाको वडा नं-१अर्खा,वडा नं-२अर्खा,वडा नं-५ खुङ,वडा नं-६ लिवाङ र वडा नं-७ नारिकोटमा ८ हजार टिमुर,६ हजार कागती र विभिन्न डालेघाँस एवम बिरुवाहरु वितरण गरिने गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो ।