भ्रस्टाचारीको लागि महाकाल प्रचण्ड !

“कहिल्यै नमर्ने विचार हो हाम्रो, कहिल्यै नथाक्ने यात्रा हो हाम्रो, कहिल्यै नझुक्ने क्रान्ति हो हाम्रो” महान १० वर्षे जनयुद्धमा गाउँदै हिंडेका ती क्रान्तिकारी गीतहरूले आज पनि नेपाली समाजलाई एउटा उर्जा, एउटा साहस र अर्को विश्वास थपेको छ ।

जनयुद्ध व्यवस्था परिवर्तन र सत्ता परिवर्तनका लागि मात्र थिएन त्यो त जनताको अवस्था परिवर्तनका लागि पनि चालिएको क्रान्तिकारी कदम थियो । पहिले सत्ता बाहिरबाट र अहिले फेरि क. प्रचण्डले सत्ताबाट एउटा ठूलो क्रान्तिको जेहाद छोड्नु भएको छ । भ्रष्टाचार विरुद्ध सुशासनका निम्ति आम जनतामा आसा र भरोसा स्थापित गर्ने क्रान्ति । यसलाई तार्किक निष्कर्षमा नपु¥याइन्जेल यात्रा अवरुद्ध हुने छैन भन्ने विश्वास नेपाली जनताले लिएका छन् । जसरी सशस्त्र युद्धले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित ग¥यो । हो ठिक त्यसैगरी भ्रष्टाचारले जर्जर बनाई खोक्रो पारेको मुलुकलाई मुक्ति दिन प्रचण्डलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्ने छैन । जसरी २५० वर्ष पुरानो सामन्ति राज्य सत्ताको जरो किलो उखेल्न प्रचण्डलाई मात्र १० वर्ष लागेको थियो । ठिक त्यसै गरी आगामि १० महिनाभित्र भ्रष्टाचारका सबै अनुहारहरू उदाङ्गिने छन् । तिनको जरो किलो उखेलिने छ। नेपाल र नेपालीको समृद्धिको बाधक संस्थागत भ्रष्टाचार नीतगत भ्रष्टाचार हो भन्ने विषयको ज्ञान प्रचण्डलाई राम्रोसँग थाहा छ । १० वर्षे जनयुद्धलाई दबाउन देशी विदेशि शक्तिहरूले भएभरको बल लगाए दिन प्रचण्डलाई संसारको कुनै पनि शक्तिले रोक्न सक्ने छैन । जसरी २५० वर्ष पुरानो सामन्ति राज्य सत्ताको जरो किलो उखेल्न प्रचण्डलाई मात्र १० वर्ष लागेको थियो । ठिक त्यसै गरी आगामि १० महिनाभित्र भ्रष्टाचारका सबै अनुहारहरू उदाङ्गिने छन् । तिनको जरो किलो उखेलिने छ । नेपाल र नेपालीको समृद्धिको बाधक संस्थागत भ्रष्टाचार नीतगत भ्रष्टाचार हो भन्ने विषयको ज्ञान प्रचण्डलाई राम्रोसँग थाहा छ । १० वर्षे जनयुद्धलाई दबाउन देशी विदेशि शक्तिहरूले भएभरको बल लगाए तर आखिर प्रचण्डको सामु केही सिप लागेन घुँडा टेकेरै छाडे । प्रचण्ड एक साहसी, त्यागी, विवेकशील, समर्पित क्रान्तिकारी योद्धा हुन् । उनले अबलम्बन गरेको एकता संघर्ष, रुपान्तरण र निरन्तरतामा क्रमभङ्गता गरी छलान मार्ने सिद्धान्तले नै सफलता प्राप्त गरेको छ । हिजो सामन्ति राज्य सत्ताको आडमा कमैया राख्ने महाजनहरू, जाली तमसुकेहरू, मिटर व्याजीहरूले रुप परिवर्तन गरी आज कोही कर्मचारीको रुपमा कोही राजनितिक कर्मको रुपमा कोही विचौलिया वर्ग बनेर देश लुट्ने धन्दामा क्रियाशिल छन् ।

नेपाली राजनीतिमा प्रचण्ड अहिले पनि जिउँदै छन् भन्ने कुरा तिनले बिर्सेका हुर्नुपर्छ ।नत्र लुटको त्यो श्वप्नबाट बाहिर आउँने थिए । तिनले संसदीय गणितको हिसाब घोकेछन् क्यारे अनि आफ्नो मालिकले प्रचण्डको राजिनामा मागि रहँदा खुसी देखिन्थे त दंग पर्दथे । प्रचण्ड व्यक्ति होइन यो त एउटा महान् विचार हो, मार्ग चित्र हो, अनन्त यात्रा हो, अविरल संघर्ष हो । राष्ट्रघातीको लागि निर्मम अस्त्र हो, भ्रष्टाचारीको लागि महाकाल हो । पैसाको लागि जे पनि गर्ने, पैसाकै लागि पदको दूरुपयोग गर्ने, पैसाकै लागि नेपालीलाई भुटानी बनाउने काला अनुहारहरूको खोरको यात्रा निरन्तर छ । नेपालको इतिहासमा यस्तो न कहिले भएको थियो न फेरि कहिले हुनेछ । जब राजनीति सफा हुन्छ मुलुकले स्वत गति लिन्छ भन्ने प्रचण्डको बुझाई महान् छ । हो त्यही स्पष्ट बुझाइले आज निर्मम रुपमा भ्रष्टाचारविरुद्ध सुशासनको यात्रामा सरकार जनताको भरोसा लिंदै अगाडि बढेको छ । नेपाली जनताले प्रचण्डबाट अपेक्षा गरेको विषय नै यही थियो जुन पूरा हुने दिशातर्फ प्रचण्ड सरकार अग्रसर छ । पछिल्लो समय प्रचण्ड थोरै बोल्ने धेरै गर्ने प्रक्रियामा हुनुहुन्छ । जनचाहना पनि त्यही हो ।

अहिले जनचाहना र प्रचण्डको कदमको एकता भएको छ । यही नै क्रान्तिको विजय हो न कि संसदीय गणित । संसदमा प्रतिनिधित्व गर्ने सबै त क्रान्ति र गणतन्त्रका उपज हुन । ती सबैलाई एक बनाएर लान सक्ने लचकदार व्यक्तित्व प्रचण्ड नभई अरु कोही हुन सक्दैन । लक्ष्य केन्द्रित राजनीतिले मात्र उद्देश्यहरू निर्माण गरेछ । योजना बनाउँछ कार्यान्वयन गर्दछ । सरसर्ती हेर्दा प्रचण्डले जुन लक्ष्यका साथ राजनीतिक यात्रा सुरु गरे र जुन बाटो रोजे हेर्नेलाई जति सजिलो छ होमिनलाई त्यति सजिलो थिएन । त्यो कठिन, कहाली लाग्दो भिषण लडाइँका दिनहरूमा त प्रचण्ड कहिल्यै आत्तिएनन् भने अहिले केही ठगहरूले हल्ला गर्दैमा उनी आत्तिदैनन बरु आफ्नो लक्ष्यमा अघि बढी रहन्छन् । जसमा हजारौं, लाखौं जनताको साथमा साथ काँदमा काँद हुने छ ।

जनयुद्ध सुरु गर्न पहिले संयुक्त जनमोर्चा नेपालका तर्फबाट नेपाल र नेपालीको स्वतन्त्रता र समृद्धिका लागि ४० बुँदे माग पेश गरी वैधानिक बाटो बाटै समस्याको समाधान चाहेका प्रचण्डलाई राज्यले पूरै बेवास्ता गरेका कारण युद्धको घोषणा गर्न बाध्य बनायो के त्यो त्यती सजिलो थियो र ? आखिर त्यो सम्भव भयो । ठूला ठूला आरोह अवरोहहरू पार गरी आज यो अवस्थामा आईपुग्दा ठूला ठूला कठिन र र संगिन परिस्थितिको सामना गरेको प्रचण्डले वस्तुस्थितिको ठोस विश्लेषण गरी क्रान्तिलाई सही मार्गमा डोर्‍याउन अब्बल देखिन्छन् ।

त्यसकारण एउटा भिन्न खालको अवस्थाबाट गुज्रेको नेपाली क्रान्तिलाई निरन्तर अघि बढाउन र परिस्थिको सही मूल्याङ्कन गरी सुरक्षित तरिकाले मुलकलाई अघि बढाउने चुनौतीको सामना गर्न प्रचण्ड सफल छन् । शान्ति प्रकृयापछि पनि प्रचण्डले ठूला-ठूला आन्तरिक तथा बाह्य घेराबन्दिको समना गरेका छन् । कतिपय अवस्थामा नैतिकताका आधारमा हाँसी हाँसी राजिनामा गरेका छन् भने नैतिक हराम बादशाहहरूलाई घोडाबाट खसालेको विषय आम नेपाली माझ ताजै छ । चूनौतिको समना गर्ने सवाल होस् या जटिलताहरूलाई चिरेर अघि बढ्ने सवालमा प्रचण्ड परिपक्व देखिन्छन् । प्रचण्डको आक्रोश सानातिना विषयमा केन्द्रीत छैनन् । जब प्रचण्डविरुद्ध आक्रमण गर्ने दुस्साहस हुन्छ तब प्रचण्डले क्रान्तिले नयाँ छलाङ्ग मारेकै हुन्छन् । भावावेशमा जे बोले पनि योजनामा भने प्रचण्ड परिपक्व देखिन्छन् । वर्तमान परिप्रेक्षमा प्रचण्डले चालेको कदमको लक्ष्य विशाल छ । जटिल छ तर देशका निम्ति निकै महत्वपूर्ण छ यो एउटा क्रान्ति हो । क्रान्तिको रेखा सरल हुँदैन । क्रान्ति त बक्रु रेखामा हुन्छ त्यसैले कहाँबाट कता मोडिनुपर्छ प्रचण्डलाई राम्रोसँग थाहा छ । कसरी विषयलाई उठान गर्ने र त्यसको तार्किक निकास कसरी निकाल्ने भन्ने विषयमा उनी पोख्त छन् । त्यसैले त उनी कमाण्डर हुन् । समकालिन समयका राजनेता हुन् ।

क. प्रचण्ड शान्ति र क्रान्तिमा अब्बल छन् त्यसैले जनतामा एउटा विश्वास र आशा जागेको छ ।
सामन्ति व्यवस्थाका अवशेषहरू प्रचण्ड सुस्ताएको बेला अलि सक्रिय देखिन्छन् र भ्रम छर्ने कोशिस गर्दछन् । तिनीहरूलाई भ्रम हुन सक्छ प्रचण्ड सुस्ताए । तर प्रचण्ड योजनामा व्यस्त छन् भन्ने तिनीहरूलाई पत्तो नभएको हुनसक्छ । जुन कुरा सामन्तिका छाउराले होइन क्रान्तिकारीहरुले बुझेका छन् । त्यसैले त प्रचण्डप्रति अटुट विश्वास छ भरोसा छ ।

सामन्ति व्यवस्थाका अवशेषहरूले सरकारी सम्पत्तिको हिनामिना गर्दा, पदीय दुरुपयोग गर्दा प्रचण्डलाई कमजोर देखेकै कारण आज यो अवस्था व्यहोर्नु पुगेका छन् । चुडामणि शर्मा लगायतका तमाम भ्रष्टहरूले प्रचण्डलाई नजरअन्दाज गर्दाको परिणाम के हुँदोरहेछ आज सर्वविदितै छ । आज प्रचण्डले लिएको २०४६ सालदेखि यताका सबै खाले भ्रष्टाचारको फाइल खोल्ने संकल्प र प्रक्रियाले तमाम लुटेराहरू अत्तालिएका छन्, बौलाएका छन्, बरबराएका छन् केही मन्त्रालयका वहालवाला कर्मचारीले पुलिसले हामीलाई छुनै पाउँदैन भनेको पनि सामाजिक सञ्जालहरूमा देख्न पाइयो । यसबाट के प्रष्ट हुन्छ भने भू-माफिया, घुसखोररूसँग साँठगाँठ गरेका पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाएका, किर्ते जालसाँजि गरी देशको सिस्टम खलबलाएका, साथै सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद गर्दा विक्रेतलाई मूल्य वृद्धि गरी कमिसन छुट्याउन आग्रह गर्नेहरूका बिच ठूलो भूकम्प गएको छ । भ्रष्टाचार निवारणका निम्ति यो महाभूकम्प ल्याउनु हुने प्रचण्ड र सरकारको लक्ष्यमा काँधमा काँध मिलाएर हिंड्ने दक्षिण एसियाकै सक्षम नेपाल प्रहरी ऋक्ष्य र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विश्व भरिका जनताले गम्भिर रुपले नियाल्ने गरेका छन् । नेपाल प्रहरीको ऋक्ष्य संस्था यति बलियो र यति तिक्ष्ण रहेछ यसको वर्णन गरी साध्य छैन । तसर्थ भ्रष्टाचार निवारणका कमाण्डर प्रचण्ड र उहाँका सारथी संस्थाहरूलाई तीन करोड नेपाली जनताको तर्फबाट कोटिकोटि सलाम टक्र्याउँछु।

(लेखक ने. क. पा. माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं किसान मोर्चाका इन्चार्ज हुन् ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation