लगातारको वर्षातले जलमग्न देउखुरी

दाङ, ९ साउन । लगातारको वर्षातका कारण देउखुरीका केहि ठाउँ जलमग्न भएका छन् ।

गएराती देखिको लगाताकारे वर्षापछि लमही नगरपालिका वडा नम्बर १, २ ३ पूणर्रूपमा जलमग्न भएको पत्रकार शिवु खनालले जानकारी दिनुभयो ।

डुवान परेको क्षेत्रमा तालिम प्राप्त सशस्त्रको टोली परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला (कपिलवस्तु ) का प्रमुख पुरन भट्टले बताउनुभयो ।

वर्षापछि राप्ती नदि र बबई नदिमा जल सतह बढेको छ । निरन्तर वर्षा भइरहेकोले नदिमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation