“ग्राे ग्रीन प्राेजेक्ट” अन्तर्गत पर्यावरण संरक्षण अभियानमा शाइन रेसुङ्गा बैंक

शाेभाराम रानामगर साउन ११,  घाेराही

वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचीमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ र समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ ।

 

समाजमा विभिन्नखाले याेगदानका कार्यहरु गर्दै स्थापनाकाे छाेटाे अवधिमा वित्तीय बजारमा राम्रो पहिचान बनाउन सफल यस बैंकले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गतकाे काेषमार्फत विभिन्न कार्यक्रमहरु गरिरहेकाे छ ।

यसै सिलसिलामा बैंककाे दाङ कलस्टरले दाङकाे घाेराहीमा एक बृद्धाश्रम परिसरमा बैंकको “ग्राे ग्रिन” कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम गरेकाे छ । गत असारमा पनि साे बैंकले घाेराही १५ मा अवस्थित सरस्वती माविलाई कम्प्युटर, प्राेजेकटर लगायतका विभिन्न अत्यावश्यक इलेक्ट्रोनिक उपकरण हस्तान्तरण गरेकाे थियाे ।

शाइन रेसुङगा बैंकको “ग्राे ग्रीन” अर्थात हरियाली बढाउने र पर्यावरण जाेगाउने कार्यक्रम अन्तर्गत घाेराही उपमहानगरपालिका १६ मा अवस्थित जेष्ठ नागरिक सराेकार मञ्चद्वारा संचालित दाैर्पदाकुमारी लाेहनी लक्ष्मीनारायण बृद्धाश्रममा विभिन्न फलफुल तथा अन्य बुट्यानसहित १८ प्रजातिका १ सय बढी बिरुवाहरुकाे वृक्षारोपण गरिएकाे दाङ कलस्टर प्रमुख मेगराज पाेख्रेलले बताएका छन् । वृक्षारोपणमार्फत नै जीवनलाई स्वस्थ्य र पर्यावरणकाे दिगाे सुरक्षा हुने भएकोले आफुहरुले साे कार्यक्रम गरेकाे पाेख्रेलले बताएका छन् ।

उनले पर्यावरण जाेगाउने हरेक मानवकाे दायित्व भएको र त्यस अभियानमा सबै लाग्ने प्रेरणाकाे विकास गर्ने हेतुले साे कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चाैधरीकाे प्रमुख सहभागिता रहेकाे थियाे भने सहजीकरण घाेराही शाखा प्रमुख गणेश बुढाथोकीले गरेका थिए। दिर्घ, स्वच्छ र स्वस्थ्य जीवनकाे लागि अनिवार्य रहेकाे पर्यावरणकाे संरक्षण गर्ने जस्ताे पवित्र कार्य गर्ने शाइन रेसुङ्गा बैंकलाई धन्यवाद दिँदै नरुलालले सबैखाले वित्तीय संस्थाहरुले यस्ता खालका रचनात्मक कार्यहरु गर्न आग्रह गरे । उनले हरेक संघ/संस्था वा निकायले गर्ने समाजहित, मानवहित र पर्यावरण हितकाे लागि उपमहानगरपालिका सदैव हातेमालो गर्न तयार रहेकाे बताए । वृक्षारोपण कार्यक्रमकाे अवसरमा त्यहाँ रहेका १७ जना बृद्धबृद्धाहरुकाे लागि फलफूल, किराना तथा अन्य खाद्य सामान पनि प्रदान गरिएको घाेराही शाखा प्रमुख गणेश बुढाथोकीले बताएका छन् ।

आफुहरुले गरिरहेकाे मानवसेवाकाे परिसरभित्र आएर वृक्षारोपण गरेकाेमा संस्थाका अध्यक्ष तथा पूर्व बैङकर भूपाल गिरीले शाइन रेसुङ्गा बैंक परिवार तथा सराेकारवाला सबैलाई आभारसहित धन्यवाद व्यक्त गरे । कार्यक्रममा विभिन्न वडाका अध्यक्ष एवम् पदाधिकारी, शाइन रेसुङ्गा बैङक ८ वटा शाखामध्यका अधिकांश प्रतिनिधि, स्थानीय समाजसेवी तथा पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation