सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो, दुईतर्फी खोल्न अझै समय लाग्ने

१४ साउन, पाल्पा । वर्षासँगै पहिरो खसेर अवरुद्ध शनिबार राति अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

उक्त राजमार्गको तानसेन बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ दोभानस्थित हेडबक्स नजिकै खसेको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रारम्भिक बिन्दुको माथिबाट पहिरो खसेको थियो । रातिदेखि नै ढुंगासहितको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी रुपमा खुलाएर सवारी आवागमन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर रमल्ले जानकारी दिए ।

प्रमुख मल्लका अनुसार हाललाई रोकिएका सवारी पास गरेर दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । पुनः पानी नपरेमा दिउँसोसम्म पूर्णरूपमा सवारी संचालन हुने प्रहरीले जनाएको छ ।

सडक खुलेसँगै बिहानैदेखि सडकमा अलपत्र परेको यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेर सवारी आवागमन रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation