अखिल नेपाल फुटबल संघ(एन्फा) बैठकमा एजेन्डा थप्न केन्द्रीय सदस्य अधिकारी र चन्दको माग

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्यद्वय रविन्द्र चन्द र रुपेश अधिकारीले १९ साउनमा  हुने केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डा थप्न माग गरेका छन् ।

एजेन्डा थप गर्न पाउने अन्तिम दिन चन्दले ६ र अधिकारीले ५ बुँदा एजेन्डा थप गर्न माग गर्दै एन्फामा पत्र बुझाएका हुन् ।

कार्यसमित बैठकका लागि साउन १० गते प्राप्त पत्रमा समावेश गरिएको एजेन्डामा केही महत्वपूर्ण एजेन्डाहरु छलफल गर्नुपर्ने तर छुटेको भन्दै चन्द र अधिकारीले एन्फाको विधान धारा ३९ को (३) अनुसार एजेन्डा थप गर्न माग गरेको बताए ।

दुवैले गत फागुन १७ गते बसेको अबैधानिक कार्यसमिति बैठकको निर्णय उपर छलफल गर्न माग गरेका छन् ।

चन्द र अधिकारीले थप गर्न माग गरेको एजेन्डामा आन्तरिक अडिट रिर्पोट, कतार विश्वकप २०२२ को टिकट तथा एन्फा बजेट २०२३ सम्बन्धमा छलफल पनि छ ।

चन्द र अधिकारीसँगै एन्फाका तीन उपाध्यक्ष दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसीसहित ११ जनाले गत फागुन १७ गतेको कार्यसमिति बैठक बहिस्कार गरेका थिए ।

त्यस बैठकले गरेका निर्णयहरुको विषयमा बहिस्कार गर्नेहरुले असन्तुष्टी जनाउँदै आएका छन् ।

एन्फाका अर्का केन्द्रीय सदस्य अनिल मल्लले एन्फा महासिचवको बर्खास्ती, एन्फा विधान संशोधन र नयाँ सदस्य जिल्लाम गठन सम्बन्धी एजेन्डा थप गर्नुपर्ने माग राखेका छन् ।

चन्दले थप्न माग गरेको एजेन्डा

१. फागुन १७ गते बसेको विवादित, अबैधानिक कार्यसमिती बैठकको निर्णय उपर छलफल सम्बन्धमा

२. आन्तरिक अडिट रिर्पोट सम्बन्धमा ।

३. सांगठानिक संरचना र कर्मचारी सम्बन्धमा

४. कतार विश्वकप २०२२ को टिकट सम्बन्धमा

५. एन्फा बजेट २०२३ सम्बन्धमा

६. कर्णाली प्रदेश फुटबल संघ निर्वाचन सम्बन्धमा
अधिकारीले थप्न माग गरेको एजेन्डा

१. फागुन १७ गतेको विवादित, अबैधानिक कार्यसमिती बैठकको निर्णयबारे ।

२. आन्तरिक अडिट रिर्पोट बारे ।

३. कतार विश्वकप २०२२ को टिकट बारे ।

४. एन्फा बजेट २०२३ बारे ।

५. महिला तथा पुरुष राष्ट्रिय खेलाडीको पुरानो बाँकी पुरस्कार चुक्ता बारे ।
एन्फा महासिचव किरण राईले साउन १० गते सदस्यहरुलाई पठाएको एजेन्डा सूची

१. साफ यू-१९ च्यम्पियनशिप आयोजना बारे ।

२. जिल्ला लिग, शहिद स्मारक वि, सि र महिला लिंग लगायतको प्रतियोगिताहरुको खेल नियमावली लगायत मापडण्डहरु बारे ।

३. महिला फ्रेन्चाईज लिगको सञ्चालनको अधिकार / फुटसल लिगको मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल राईटस सम्बन्धि बोलपत्र स्वीकृती बारे ।

४. संघको आपतकालिन समिति बैठकले गरेको निर्णयहरु अनुमोदन गर्ने बारे ।

५. श्री नेशन कपको प्रथम पुरस्कार अमेरीकी डलर ५०००/- खेलाडीहरुलाई वितरण गर्ने बारे ।

६. संघको आ. वा २०७९ / ०८० को लेखा परिक्षकको छनौट बारे ।

७. विशेष साधारण सभा / नियमित साधारण सभाको मिति निर्धारण गर्ने बारे ।

८. खरिद तथा मुल्याङ्कन समिति बारे ।

९. राष्ट्रिय खेलाडीहरुको औषधि उपचारको भुक्तानी सम्बन्धमा ।

१०. एन्फा कर्मचारीहरुको २०८० साउनदेखि सेवा सुविधा वृद्धि सम्बन्धमा ।

११. विविध

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation