मगर संघ प्यूठानले बुझायाे पाण्डेकाे अभिव्यक्ति विरुद्ध ज्ञापनपत्र, “यस्तो अभिव्यक्ति आउनु अर्धज्ञानकाे पराकाष्ठा हाे”, प्रजिअ

एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे विरुद्ध देशभरका जनजाति तथा आदिवासीहरु एक सातादेखि आन्दोलनरत छन् ।

 

खासगरी तामाङ र मगर समुदायको समाजका मानिसले दाजुबहिनीबिच बिबाह गर्ने चलनले समाजमा अपराधजन्य बिग्रह फैलिएको उनकाे अभिव्यक्ति विरुद्ध नेपाल मगर संघले पनि संगठित रुपमै देशैभर विभिन्न बिराेधका कार्यक्रमहरु गरिरहेकाे छ ।

विवादास्पद अभिव्यक्ति दिने भगवती पाण्डे

साेहि क्रममा आज देशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ । त्यसकाे निरन्तरतामा प्यूठानमा क्रियाशील नेपाल मगर संघले पनि प्रमुख जिल्ला अधिकारी समक्ष आफ्नो ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष देवीराम पुनकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको मगर संघका अगुवा नेता तथा शिक्षक नरबहादुर घर्तीले बताए ।

 

विवादित अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे गत साउन १७ गते पक्राउ परेकी छिन् । जिल्ला अध्यक्ष देवीराम पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा मगर तथा तामाङ समुदायमाथि कपाेलकल्पित आराेप लगाउने भगवती पाण्डेलाई हदैसम्मको सजायको माग गरिएको छ । विज्ञप्ति हस्तान्तरण कार्यक्रममा अध्यक्षसहित जिल्लाका पदाधिकारी, सल्लाहकार हरी बुढामगर लगायतको उपस्थिति रहेकाे सचिवालय सदस्य नरबहादुर घर्तीले प्राणमञ्चसँग बताए ।

 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन काेइरालाले अधिवक्ता भगवती पाण्डेकाे अभिव्यक्ति अनेकौं भाषा र साँस्कृतिक पहिचानसहित मिलेर बसेकाे नेपाली समाजमा खलल पुर्‍याउने गरि आएकाे बताए । उनले भगवती जस्ता कैयौं अल्पज्ञानिहरुकाे झुन्डले समाजमा जातिय, भाषिक, साँस्कृतिक तथा राजनीतिक द्वेष समेत फैलिएकोले यस्ता विषयमा सबै सचेत र सजक हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation