छोराको लाठी प्रहार बाट आमाको मृत्यु

पुष्कर पन्त सुनार
साउन २३ सल्यान
सल्यानमा छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ ।

जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका २३ बर्षीय नवीन भण्डारीले आफ्नै आमा ४८ बर्षीय शारदा भण्डारिको लाठी प्रहार गरी हत्या गरेका छ्न ।

मंगलबार बिहान ४ बजेको समयमा आमाबुबा सुत्ने कोठामा गएर एक्कासी पैंयाको लठ्ठीले टाउकोमा हान्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

हत्या गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सूचना अधिकारी तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation