


प्युठान । रोल्पाको त्रीवेणी गाउँपालिका ७ तिला रिचि गाउँमा बस दुर्घटना भएको छ। दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।
रोल्पाको त्रीवेणी गाउँपालिका बाग्माराबाट दाङ घोराहिका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रीवेणी गाउँपालिका ७ रिचीमा दुर्घटना भएको हाे ।
दुर्घटनामा ४ जनाको मृत्यु र १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना आधिकारी प्रकाश भुसालले जानकारी दिए। मृत्यु हुनेहरुमा रोल्पाको माडी गाउँपालिका- २ बस्ने २१ बर्षीय प्रकाश बाँठा ,सोही गाउँपालिका -४ का ५० बर्षीय गोर्खे डाँँगी, उनकी ५० बर्षीय श्रीमती हस्ता डाँँगी र परिवर्तन गाउँपालिका -३ का ४६ बर्षीय भक्त बहादुर विक रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा घाइतेहरुको उपचारका लागि दाङ पठाइएको छ। बस सडकदेखि करिब १५० तला खसेको र सो बसमा १९ जना सवार रहेको प्रहरिले जनाएको छ ।