सीआईबीको अपरेशन फोक्सट्रोट चार्ली : थप एक चिकित्सक पक्राउ

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ब्युरोले इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरेसँगै यसमा समातिनेको संख्या ६ पुगेको हो ।

 ब्युरोले बिहीबार यसमा कांग्रेस सांसद् सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । मोरङबाट सांसद निर्वाचित शर्माले १५ दिनअघि सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए ।

बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।

स्रोतका अनुसार, ब्युरोले १५ जना चिकित्सकलाई निगरानीमा राखेको थियो । तीमध्ये ६ जना पक्राउ परेका हुन् । राजधानी सहित विभिन्न जिल्लामा कार्यरत उनीहरुको खोजी जारी रहेको अधिकृतहरुले बताएका छन्।(onlinekhabar)

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation