गंगानगरमा ज्यान गुमाएका जिसी परिवारलाई मुलप्रवाहले दिलायो २ लाख ६० हजार

अखिल भारत नेपाली एकता समाज गंगानगरले प्यूठान नगरपालिका वडा ८ खलिगाउँका ३० वर्षीय शिव बहादुर जिसीको परिवारलाई २ लाख ६० हजार नगद सहयोग गरेको छ । बिगत ४ महिनादेखि श्रीगंगानगरको एक कृषि फर्ममा काम गरिरहेका शिवबहादुर जिसीको अगस्ट ९ गते राती नुहाउने क्रममा सुइमिङ पुलमा डुबेर मृत्यु भएको थियो ।

मृत्यु लगत्तै मूल प्रवाह नगर समितिले उनको उद्दार तथा क्षतिपूर्तीको लागि पहलकदमी लिएको र सबै निकायसँग समन्वय गरेर मृतकको परिवारलाई आर्थिक सहयोग तथा शवको अन्त्यस्टी गर्न सकिएको सो नगरका नगर कोषाध्यक्ष रेशम भन्डारीले प्राणमञ्चलाई बताएका छन् । परिवारको उपस्थितिमा निजको शव व्यवस्थापन गरिएको र श्रीमती सरिता जिसी, दाजू खिमबहादुर जिसी र तुकबहादुर जिसीलाई उक्त रकम हस्तांतरण गरिएको एकता समाजका केन्द्रीय सदस्य कृष्ण जिसीले बताएका छन् ।

रकम हस्तान्तरण कार्यक्रममा त्रिभुवन भटृराई, बिष्णु न्यौपाने, हुमबहादुर बिक, बिष्णु थापा, पेम बिक, माधब भन्डारी, रूकमणी भन्डारी लगायत रहेका थिए । मूल प्रवाह एकता समाजले विगत लामो समयदेखि भारतको हरेक कुनामा आपतविपतमा परेका सबै नेपालीहरुको उद्दार, राहत तथा क्षतिपूर्तीको विषयमा उदाहरणीय मानवीय कार्य गर्दै आइरहेको छ भने सयौँ नेपालीहरुका अलपत्र, बेवारिसे शव तथा बेपत्ताहरुको खोजतलास पनि गरिरहेको छ । सो रकम निजले काम गर्ने फर्म मालिकबाट दिलाइएको एकता समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation