


पुष्कर पन्त सुनार
साउन २७ सल्यान
सल्यान अखिल (क्रान्तिकारी) समिति सल्यानले बुद्ध जनकल्याण माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सो संगठनले बुद्ध जनकल्याण माविको प्राङ्गणमा तीन प्रजातिका १ सय बढी विरुवाहरु वृक्षारोपण गरिएको संगठनका जिल्ला अध्यक्ष अनिल रोकायाले जानकारी दिएका छन ।
प्रकृति र मानवबिच सन्तुलन कायम गर्न र वातावरणीय सौर्न्दर्य कायम राख्न वृक्षारोपण कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा सो विद्यालयका प्रधानाध्यापक वीरबहादुर रावत, असविर रावत, टोपलाल बुढाथोकी, दिपक सि लगाएत रहेका थिए ।