दाङमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका–४ मैकुटीका एकै घरका आमाछोरीको उपचारको क्रममा मुत्यु भएको हो ।

च्याउ खाएर गम्भीर बिरामी परेकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।

त्यसअघि ११ वर्षीया छोरी अस्मिता सुनारको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको उनले बताए ।

साउन २९ गते साँझ जंगलबाट ल्याएको च्याउँ खाँदा घरका तीन जना बिरामी परेका थिए ।

त्यस्तै मृतकका श्रीमान् अजय सुनारकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation