युएसडब्लु (USW Nepal) को अनुदानले मेटाइदियो बालविकासको २६ वर्षे इतिहास

गुल्मी जिल्लाको मदाने १ अग्लुङमा विद्यालय भवन निर्माण तथा शैक्षिक गुणस्तर विकासको नाममा त्यहाँका शैक्षिक सरोकारवाला एवम् शिक्षाप्रेमीहरुमाथि गम्भीर आघात पुग्ने ढंगले काम गरेको पाइएको छ । यु डब्लु एस (UWS NEPAL) नामक विदेशी दातृ निकाय प्रोजेक्टले देशका ३ वटा जिल्लामा भवन निर्माण, पुनः निर्माण तथा शैक्षिक गुणस्तर विकासको क्षेत्रमा विदेश स्थिति विभिन्न निकायको सहयोगमा सुधारका कार्य गर्दै आइरहेको छ । गुल्मीका सबैजसो स्थानीय तहमा शैक्षिक उनन्नयको नारा बोकेर काम गरिरहेको सो संस्थाले मदाने गाउँपालिका १ अग्लुङमा रहेको बालविकास प्राथमिक विद्यालयमा पालिकाको ३० प्रतिशत म्याचिङ कार्यक्रममा ८ कोठे भवन र दुई कोठे शौचालयको निर्माण गरेको छ । रहस्यमय कुरा के छ भने, गतवर्ष निर्माण भई यहि जेष्ठ १९ मा हस्तान्तरण सम्पन्न भएको सो विद्यालयमा कहीँ कतै पनि विद्यालयको नाम, स्थापना मितिको साइनबोर्ड/ होडिङबोर्ड र विद्यालयको लोगो राखिएको छैन ।
विगत २०५४ सालदेखि स्थानीय शिक्षाप्रेमीहरुको पहलमा कक्षा ३ को संचालन अनुमती लिइएको सो विद्यालयमा हाल कक्षा ५ सम्म पठनपाठन हुने गरेको छ भने यहाँ १ सय ४५ जना विद्यार्थीले अध्ययन गरिहेका छन् । समस्या कहाँ हो भने (UWS NEPAL) आउनुभन्दा पहिले ७ कोठे भवन र चर्पी सहितको पूर्वाधार विकास तथा जनस्रोतको व्यवस्थापन गरेर चलाइएका सो विद्यालयमा हँुदाहुँदाको ७ कोठे भवन र चर्पी समेत भत्क्याएर अनुदानको नाममा स्थानीय जनसमुदायको गम्भीर अपमान र बालविकास विद्यालयको इतिहास नामेट हुनेगरी भवन निर्माण गरिएको छ । साबिकको जिल्ला शिक्षा कार्यालय तम्घास गुल्मीमा २०५४ सालमा दर्ता भई हाल ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा संरचना निर्माण गरेपछि अबको ५ वर्षसम्म ( (UWS NEPAL) ले नै
रेखदेख र व्यवस्थापन गर्नेगरि दुई जना शिक्षक पनि राखेको छ ।
मौजुदा भवन र चर्पीसमेत भत्काएर नयाँ विद्यालय नै खोलिएको दावी गर्नेगरी गरिएको सो कार्यक्रमको नाममा विद्यालयको नामको आधिकारिक साइनबोर्ड समेत नराख्नु इतिहासमाथिको भद्दा मजाक भएको अग्लुङ निवासी पत्रकार एवम् समाजसेवी अग्निधर चन्द बोहोराले बताए ।
उनले आफ्ना बाबू–बाजेहरुले शिक्षाको क्षेत्रमा गरेको लगानीको सम्मान गर्न र अघिल्लो पुस्ताबाट सकारात्मक शिक्षा  लिँदै भावी पुस्तालाई त्यसको पुनर्ताजगी गर्नमा सो विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, मदानेको वडापालिका, गाउँपालिका र सबै सरोकारवालाहरु चुकेको बताए । विदेशीको स्वार्थरहित
सहयोग अनिवार्य रहेको भएपनि सहयोगी संस्थाको स्वार्थ बाँझिनु राम्रो नहुने बताउँदै चन्दले यस विषयले आफुलाई पनि गम्भीर बनाएको जनाए । विदेशी संस्थाको सहयोगलाई सम्मानित ढंगले ग्रहण गर्नु अनिवार्य रहेको र सो संस्थाले बनाएको भौतिक संरचनाको काम सराहनीय भएपनि समाजको मान हानि गरेकोमा दातृ निकायको बदनीयत भूमिकाप्रति दुख व्यक्त गरे ।
सहयोगको नाममा स्थानीय शिक्षाप्रेमीहरुको इतिहास मेटिएको विषय आफुलाई जानकारी नभएको पालिका उपाध्यक्ष सरिता खड्काले प्राणमञ्चसँग बताइन् । उनले पालिकाको समेत (३० प्रतिशत) १२ लाख लगानी गरि सो भवन निर्माण गरिए पनि पालिकाकै अनुपस्थितमा दातृ निकाय (ग्ध्क्) का प्रतिनिधि र विद्यालय प्रशासनले गोप्य ढंगले उद्धघाटन गर्न खोजेको कुरा पालिकामा थाहा भएपछि ध्यानाकर्षण गराएर संयुक्त रुपमा कार्यक्रम गरिएको तर विद्यालयको साइनबोर्ड भए/नभएको आफुले ख्यालै नगरेको बताइन् । उनले  यस विषयमा तुरुन्त समाधान निकाल्न पहल गर्ने जिकिर गरिन् ।
खड्काले पालिकाको पनि ३० प्रतिशत लगानी गरिएको कार्यक्रममा पालिका प्रशासनको ध्यानाकर्षण तथा हस्तक्षेप नहुनु र दातृ निकायले गरेको बदमासीको सुइँको नपाउनुमा कमजोरी भएको स्विकारिन् । दुईदुई पटकसम्म पालिका उपाध्यक्ष भएको व्यक्तिले विद्यालय प्रशासन र दातृ निकायको यति ठुलो बदमासी प्रति जानकारी नराख्नु निकै लज्जाको विषय भएको सरोकारवालाहरु बताउँछन् ।
मदाने गाउँपालिकाका १ नम्बर वडा अध्यक्ष सुशील चन्दले विद्यालयको यस विषयमा आफुले मसिनोगरि बुझ्न नपाएको बताउँदै विद्यालयमा साइनबोर्ड नहुनु दुखद भएको बताए । शिक्षा विकास तथा समन्वय प्रमुख लोकनाथ मरासिनीले विद्यालयमा विद्यालयको साइनबोर्ड, स्थापना मिति र लोगो उल्लेख नहुनु आपत्तिजनक विषय भएको बताउँदै विद्यालय प्रशासनलाई यसको तुरुन्तै जबाफ माग्ने बताए ।
यु डब्लु एस ( (UWS NEPAL) गुल्मीका प्रतिनिधि अनुज सिग्देलले विपन्न समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि र शैक्षिक गुणस्तरीयताको विकास तथा पूर्वाधार विकासमा सहयोग पु¥याउने हेतुले सो संस्थाले विदेशस्थित विभिन्न संघसंस्था, व्यक्तिहरुसँको सहकार्यमा कार्यक्रम गरिँदै आएको बताए ।
उनले विद्यालयमा ( (UWS NEPAL) को ५० लाख लगानीमा भवन पुनः निर्माणकै कार्यक्रम सम्पन्न गरिएको भएपनि डोनरहरुलाई विश्वासमा ल्याउनको लागि नवनिर्माणकै प्रपोजल हालेर निकायमा स्वीकृत गराएर काम गरिएको बताए । विद्यालयमा बजेट परेर भवन बन्दा समुदायलाई राहत हुने निष्कर्षसहित सो कार्यक्रम सम्पन्न गरिएको र लगानी कर्ताहरुमा भ्रम पैदा नहोस् भनेर नै उद्धघाटन सत्रमा विद्यालयको इतिहास नखुलाइएको बताए ।
उनले पुरानो भवन र चर्पी जीर्ण भएकोले विद्यालय प्रशासनको सुझावमा पालिकासँग समन्वय गरेरै काम गरिएको तर काम गर्दै जाँदा भनेजस्तो गुणस्तरीयता र पारदर्शीता प्रदान गर्न नसकिएको स्विकारे । साइनबोर्ड नै राख्न नदिने आफ्नो प्रोजेक्टको उर्दी नै नभएको तर साइनबोर्डबिना भवन उद्धघाटन तथा दाता सम्मान गर्दा सहयोगीहरु नयाँ भवन बनाएको भानले खुसी मानेको बताए ।
विद्यालयका प्रधानाध्यापक प्रचण्ड रावतले पालिकासँग समन्वय गरेर झण्डै ६२ लाखको लागतमा विद्यालय संरचना बनेको तर विद्यालय प्रशासन, पालिका तथा दातृ निकाय प्रोजेक्टको  त्रिकोणात्मक समन्वयमा समस्या देखिएको बताए । उनले ठुलो धनराशि खर्च गरेर विद्यालयमा सुविधासम्पन्न भवन बन्दा पठनपाठनमा निकै सहज भएको बताए । तर गुल्मी प्रोजेक्ट प्रतिनिधिले पुनः निर्माणको कामलाई नयाँ विद्यालयनै खोलिदिएको अनुभूति दिलाउने गरि विद्यालय प्रशासनलाई दबाबमा पारेको स्विकार्दै उनले भनेको खुरुखुरु मान्नु विद्यालय प्रशासन र अभिभावक एवं सरोकारवालाको कमजोरी भएको बताए । उनले कुनैपनि सहयोग वा अनुदानको शिर्षकमा आफ्नो इतिहास र स्वाभिमानमा गम्भीर चोट पुग्न नहुनेमा आफू स्पष्ट रहेको पनि दावी गरे ।
उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर खत्रीले संस्थाले पूर्वाधार विकासको क्षेत्रमा उदाहरणीय योगदान पु¥याएको भएपनि प्रक्रियामा कमजोरी देखिएको बताए । उनले दातृ निकायका सहयोग लिने विषयमा सचेततापूर्वक खबरदारी नगर्दा बालविकास विद्यालयको इतिहास प्रति उपहास भएको स्विकार्दै आगामी दिनमा यस्ताखाले गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे ।
०८० जेष्ठ १९ गते उद्धघाटन तथा हस्तान्तरण कार्यक्रम सकिएपनि हालसम्म विद्यालयमा आफ्नो पहिचान राख्न नसक्नु विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको कमजोरी भएको बताए । प्राणमञ्चसँग कुराकानी गर्दै भने, “सस्थाका प्रतिनिधि अनुज सिग्देलले विद्यालय विकासको राम्रो एजेन्डा दिएर जीर्ण अवस्थामा रहेको विद्यालयको मुहार त फेरियो तर कैयौं व्यवस्थापकीय कमजोरी तथा प्राविधिक समस्याले गर्दा विद्यालयमा झमेला उत्पन्न भयो । सुरुमा हामीले स्कुलको साइनबोर्ड राख्न खोजेको भएपनि अनुज जिले हामीले आफै व्यवस्था गरिदिन्छौँ भन्नुभो तर साढे दुई महिना पुग्नै लाग्दापनि उपलब्ध गराउनुभएन, अब हामी तत्काल साइनबोर्ड राख्छौँ ।” उनले भने । विकासको नाममा गरिएको यो बदमासी निकै निन्दनीय भएको सबै जानकारहरुको ठहर छ । (प्राणमञ्च राष्ट्रिय मासिक)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation