महासंघको आसन्न निर्बाचनबारे जनपत्रकार संगठनको धारणा सार्वजनिक

दाङ । नेपाल पत्रकार महासंघको आसन्न चुनावबारे जनपत्रकार संगठन नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । संगठनले महासंघ हामी सबैको साझा संस्था हुनुपर्ने तथा निर्वाचन कुनै विचारधारा भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ/संगठनहरुसँग छलफल र वार्ता गर्न तयार रहेको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
जनपत्रकार संगठन, नेपालका केन्द्रिय संयोजक शेरबहादुर विश्वकर्माले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,–‘जनपत्रकार संगठन, नेपाल आगामी निर्बाचनमा सहमतिय प्रणालीबाट निर्बाचन होस् र महासंघमा बैचारिक प्रतिनिधित्वलाई सुनिश्चित गर्दै महासंघ साच्चिकै हामी सबैको साझा संस्था हुनुपर्छ भन्ने आफ्नो पूर्ववत धारणाप्रति दृढ रहेको छ ।’
निर्बाचनमा कुनै विचारधाराका आधारमा गठबन्धन गर्ने भन्दा पनि एजेण्डा र सम्मानजनक प्रतिनिधित्वका लागि सबै संघ/संगठनहरुसँग छलफल र वार्ता गर्न हामी तयार रहेको कुरा जानकरी सहित आह्वान गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation