सवा दुइ करोडको कालोपत्रे सडक ४० दिन पनि टिकेन

कपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको छेउतिरको कालोपत्रे भासिएको छ, बीचमा चिरा पर्न थालेको छ ।

स्थानीय गौतम यादवले आक्रोशित हुँदै भने, ‘कमसल सडक बन्नुमा गाउँपालिका पनि दोषी छ । प्राविधिकले किन हेरेनन् ?’ असारको अन्त्यमा बजेट सक्न गुणस्तरहीन सडक बनाइएकाले अहिले भत्किन थालेको स्थानीय सन्दीप यादवले गुनासो गरे ।

 

विजयनगर गाउँपालिका इन्जिनियर नवीन डुम्रेले छोटो समयमा नयाँ बेसमाथि राम्रोसँग माटो तथा गिटी फिलिङ नहुँदा साइड–साइडमा भासिएको बताए । विजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले असारको अन्तिममा बनेको सडक वर्षाले भत्किएको हुन सक्ने भन्दै तत्काल ठेकेदारलाई पत्र काटेर मर्मत गर्न अनुरोध गर्ने बताए । इजी कन्स्ट्रक्सन दाङले दुई करोड १९ लाखमा निर्माण गर्ने गरी १७ फागुन ०७९ मा ठेक्का लिए पनि असारमा आएर मात्र कालोपत्रे गरिएको थियो । nayapatrika…………….

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation