विगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली मुलुकसमेत आक्रान्त छन् । कमजोर जनशक्ति र सिमित स्रोत साधनकाबिच दौडिरहेको नेपालको साइबर सुरक्षा प्रणाली भने झनै चिन्ताजनक र भयाभह स्थितिमा छ ।
आजको मानव जीवनको अभिन्न अङ्ग बनेको कम्प्युटर र तिनमा रहने डाटाको सुरक्षा जोगाउनै सरकार तथा सम्वद्ध निकायलाई निकै हम्य–हम्य परेको छ । कमजोर साइबर सुरक्षा नीतिका कारण नेपाल सरकारका विभिन्न चरणमा डाटा चोरी हुुने तथा सिस्टम हप्तौँसम्म पेन डाउन हुने र भण्डारण नै नामेट हुने गरेको छ । गत महिना लोकसेवा आयोगको डाटा हराउँदा आयोगको परीक्षाको लागि फर्म भरेका करिब ३ लाख सेवाग्राहीहरु भ्mमेलामा परे । डिजिटल युगमा प्रवेश गर्दैगर्दा नेपालमा पनि व्यक्तिगतदेखि राष्ट्रकै अति संवेदनशील सूचनाहरू कम्प्युटरमै भण्डार भइरहेका छन् । जबकी कम्प्युटर आफूसँगै रहेपनि प्रविधिले त्यसको पहुँच अपराधीहरूसम्म सजिलै पु¥याइदिएको हुन्छ । साइबर क्षेत्रमा क्रियाशील अपराधीको डिजिटल आक्रमणबाट व्यक्ति, व्यावसायीक सङ्गठन र मुलुकको व्यवस्थापकीय प्रणालीलाई गम्भीर चुनौति बढिरहेको छ । सरकारकै संवेदनशील जानकारीलाई जोगाउने मामिलामा हामी अति कमजोर भएकोले दिनहुँजसो फेसबुक, टुइटर, जिमेल लगायतका पर्सनल वा संस्थागत एकाउन्टहरु ह्याकिङ लगायतको प्रत्यक्ष शिकार भइरहेका छन् ।
त्यसकारण राज्य व्यवस्थाको सञ्चालन, सार्वजनिक सेवा प्रवाह तथा नागरिकका दैनिक क्रियाकलाप डिजिटल प्रविधिमा निर्भर हुँदै गर्दा व्यक्तिगत, संस्थागत डाटा चोरी÷दुरुपयोग र साइबर अपराधिहरुलाई निस्तेज पार्ने उपाय अपनाउन ढिलो भएको छ । त्यसैले अवैध मान्छेको अनाधिकृत पहुँच, साइबर अपराध, सूचना प्रविधि प्रणालीमाथि साइबर आक्रमको सुरक्षामा प्रतिरक्षा प्रणालीमा उच्च प्रविधि र दक्ष जनशक्तिको विकास अनिवार्य छ । यस विषयमा सम्वद्ध सरोकारवालाहरुले यथासक्य छिटो पहलकदमी ल्याउन जरुरी छ । कम्प्युटर ह्याकिङ प्रविधिले नयाँ शैली प्रयोग गर्दै आएको छ । कम्प्युटर ह्याकिङ, भाइरस र नेटवर्क अट्याक जस्ता कार्यमार्फत केहीले रहरले अरूका कम्प्युटर र गोप्य कागजात कब्जा गर्ने गर्छन् त केहीले यसैलाई पेसा बनाएर धनार्जन पनि गरेका छन् । इन्टरनेटमार्फत अनेक किसिमका लिङ्क पठाउने र तीमार्फत भाइरस छिराइ फाइल नष्ट गर्ने चलन पनि छ । अवैध ह्याकिङ र भाइरस पठाउनुको उद्देश्य व्यक्तिका सूचना हासिल गर्ने, तिनलाई अप्ठेरो पार्ने र ‘ब्ल्याकमेलिङ’ गरि लाखौं करोडौँ फिरौति माग्ने अपराधिहरुको धर्म नै हुन्छ ।
विकसित देशका उदाहरण हेर्दा आफ्ना सूचना चोरी हुने डरले अधिकांश अर्बपतिले स्मार्टफोन नै प्रयोग गर्दैनन्, गरे पनि अति सुरक्षित मोबाइल फोन मात्र प्रयोग गर्छन्, उनीहरूका कम्प्युटर पनि त्यत्तिकै सुरक्षित हुन्छन् । बेलाबखत बैङ्किङ प्रणाली मात्र होइन, विमानस्थल, सरकारी संयन्त्रको कम्प्युटर प्रणाली अवरोध हुँदा हामीले कैयौँपटक समस्या भोगिरहेका छौँ । अब हरेक निकायले डिजिटल प्रतिरक्षा प्रणाली दह्रो बनाउने, आफ्ना सामग्री बढीभन्दा बढी सुरक्षित राख्नेतर्फ सचेत हुनु जरुरी छ । यसो त आइटी विज्ञले अब कम्प्युटरमार्फत युद्ध हुने घोषणा गरिसकेका छन् । सरकारले यही चुनौती महसुस गरेर साइबर सुरक्षाको क्षेत्रलाई बलियो बनाउने गरी कानुनी, नीतिगत र संस्थागत प्रबन्ध मिलाउन अत्यावश्यक छ ।