राष्ट्रघाती एमसिसी विरुद्ध घाेराहीमा प्रदर्शन

सडक संघर्षमा क्रियाशील तीन पार्टीले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन गरेका छन् । दाङमा क्रियाशील विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी र राष्ट्रिय जनमाेर्चाले मुख्य बजार घाेराहीमा एमसीसि विरुद्ध भण्डाफाेर तथा विराेध प्रदर्शन गरेका हुन् ।

नेपालका बहुमुल्य प्राकृतिक सम्पदा युरेनियम लगायतका खनिज पदार्थको अवैध दाेहन गर्ने र सामरिक इलाकाकाे ट्रान्जिट पाेइन्टकाे क्रिडास्थल बनाउने दुर्नियतले एमसीसी आएकाेले यसलाई नेपालबाट खारेज गर्नुकाे विकल्प नभएको नेकपा मसालका जिल्ला प्रवक्ता भरत भण्डारीले बताए ।

जनताकाे दैनन्दिन आवश्यकता परिपुर्ति गर्न चाहिने किराना, खाद्यान्न, लत्ताकपडा लगायतको उत्पादन नगरी हतियार बेच्ने र युद्ध खेती गर्ने अमेरिका संसारभर युद्ध मडारेर हतियार बेच्ने फासीवादी मुलुक भएकोले नेपालबाट उदाउदाे शक्ति राष्ट्र चीन विरुद्ध गतिविधि गर्ने मनसायले नवलपरासी, पर्वत, पाल्पा लगायतका महत्त्वपूर्ण इलाकामा आफ्नाे पकड जमाउन लागि परिरहेको जिकिर गरे ।


नेकपाकाे केन्द्रीय सदस्य सीता सीले अमेरिकी तथाकथित विकास परियोजना एमसिसीले नेपाललाई चीन विरुद्धको गतिविधि गर्ने अखडा बनाएर नेपाललाई झनै कङगालीकरण गर्ने उदेश्यले आएकाे यश राष्ट्राघती सम्झौताकाे खारेजी नै जनताकाे चाहना भएको बताइन् । उनले सारा नेपाली जनताले यस सम्झौता नगर्न विगत लामाे समयदेखि कठिन संघर्ष गरेकाे भएपनि जनतामाथि बुट बजारेर जबर्जस्ती नेपाली शासकले एमसिसी थाेपरेकाे बताइन् ।

अमेरिकी डलरकाे रस्वस्वादनमा डुबेर शासकहरुले २७ फेब्रुअरी २०२२ लाई नेपाली जनताकाे निम्ति कालाे दिन थाेपरेकाे बताउँदै सम्झनाले यस परियाेजनाका पक्षपातीहरु सबै देशद्राेही भएको जिकिर गरिन् ।

अमेरिकी सहयोगीको नाममा नेपालकाे सदनबाट सहजै घुसेकाे ५६ अरबकाे विषाक्त हतियारले नेपाली जनताले ठुलाे नाेक्सानी बेहाेर्नुपर्ने दिन आउने भएकोले एमसिसीका बादशाहरुलाई ठेगान लगाउनुपर्ने जिकिर गरिन् ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय जनमाेर्चाका नेता शुक्रराज भण्डारीले नेपाली जनता देशकाे अहितमा शासकले थाेपरेका हरेकखाले असमान एवम् अपमानपूर्ण सन्धि-सम्झौताको खिलाफमा जिउज्यानले लागेकाे इतिहास स्मरण गर्दै एमसीसि जस्ताे जघन्य देशघाती प्राेजेक्टकाे खारेजीको लागि सबै देशभक्त, क्रान्तिकारी एवम् मुक्तिकामी जनहरु एकताबद्ध हुन जरुरी रहेकाे बाताए । उनले नेपाली शाषकहरुले अमेरिकी साम्राज्यवादकाे पुच्छर बनेर लम्पसार परेकाेले देशले सर्वदा दुर्दशा बेहाेरिरहनुपरेकाे बताए ।


त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका नेता यमबहादुर शाहले एमसिसी परियाेजना नेपाली जनताले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए । उनले सबै देशभक्तहरु एकताबद्ध भएर नेपाली दलाल शासक र अमेरिकी दादागिरी विरुद्ध लड्नुपर्ने अनिवार्य रहेकाे जिकिर गरे । शाहले अमेरिका पसेका हरेक देशहरुमा जातीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक तथा लैङ्गिक उत्तेजना भड्काएर युद्ध निम्तयाउँदै आफ्नो स्वार्थ पूरा गर्न सिरिया, पाकिस्तान, अफगानिस्तान, मध्यपूर्व, अफ्रिका तथा काेरियन प्रायद्विपहरु तहसनहस बनाएकाे बताए ।

घाेराहीकाे भानु चाेकमा भएको बिराेध प्रदर्शन कार्यक्रममा ३ पार्टीका नेता कार्यकर्ता, बजारवासी जनसमुदाय, पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण नेकपा पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation