उपचार नपाएर सडिरहेछन् मदन, भन्छन्, “गरिबीको क्रन्दन कसैले सुन्दाेरहेनछ !”

प्यूठान/ हरेक मानिसका जीवनयापनका आ–आफ्नै चाहाना हुन्छन् । स्वस्थ रहने, धेरथोर व्यक्तिगत सम्पत्ति जोर्ने, खुसी र व्यवस्थित परिवार बनाउने । सानो-ठुलो कुनै पेसा वा व्यवसाय गर्ने । यस्तै सामान्य अभिलाषा बोकेका व्यक्ति हुन मदन बुढाथोकी पनि । मल्लरानी ५ निवासी २८ बर्षीय मदन विगत ७ वर्ष अघिदेखि केही समय छिटपुट विद्यार्थी राजनीतिकमा पनि सकृय देखिने समाजसेवी भाव बोकेका मृदभाषि र समाजसेवा युवा पनि हुन ।

२०७६ असार ९ गतेको रातले उनको जीवनमा निर्मम हमला गर्याे । घरको बार्दलीबाट लडेर जब उनको ढाड नै भाँचियो (स्पाइनल कर्ड), आम सामान्य मानिसको जस्तै गुजारा चलाउने वा अब्बल सामाजिक एवं राजनीतिक जीवन जिउने उनको सपनाको हत्या भयो ।

निम्न आय भएको झुपडीमा जन्मिएका मदन ४ बर्ष अगाडि ढाड भाँचिएर लडेपछि आजप्रयन्त पनि उनी बिस्तारामा लडिरहेका छन् । पटक पटक जीवन र मृत्युसँग लुकामारी गरिरहेका छन् ।

बेड इन्फेक्सनले थप सडिरहेका मदन

ढाड भाँचिएर बेहोस अवस्थामा दिल्ली पु¥याईएका मदन करिब दश लाख भारु तिरेर जटिल अप्रेसन गरेको २४ घण्टा पछि सामन्य होसमा त आए तर आर्थीक अभावकै कारण अनिवार्य रुपमा गर्नुपर्ने फिजियोथेरापि गर्न पाएनन् । हाम्रो टिमले उनको यो नाजुक र दयनीय अवस्था थाहा पाएपछि विगतका वर्षहरुमा पनि लगातार समाचार सम्प्रेषण गरि जिल्लाको मल्लरानी गाउँपालिकासँग समन्वय गरेर जिल्ला अस्पताल प्युठानमा निशुल्क फिजियोथेरापिको वातावरण बनायौँ । तर समस्या जिउका त्यु नै रह्यो । यतिवेला सामान्य रुवाखोकी र ज्वरोले धेरै दिन थलिएपछि उनी आफन्तको सहारामा गत हप्ता जिल्ला अस्पताल विजुवार पुगे ।

स्वास्थ्यकर्मीहरुले चेकजाँच गर्दा “बेड इन्फेक्सन” काे कारणले उनको कम्मर पछाडीको हिप सबै सडेर अप्रेशन गर्नुपर्ने भयो । यस्तो जटिल समस्याकाे उपचार जिल्लामा नहुने भएपछि उनलाई बुटवल रिफर त गरियो तर आर्थिक अभावकै कारण रिफरको कागज सिरानीमा राखेर भाउजुको घरमा सडिरहेका छन् मदन । आमा मुनिको सहारा भाउजु भएको बताउने मदन आफ्ना सारा समस्यामा भाउजुको राम्रो माया, स्नेह र स्याहार पाएकोमा भाउजुप्रति निकै नतमस्तक छन् । विगत ४ वर्षदेखि उनकी जेठी भाउजुले हर अभार, चुनाैतिहरुलाई पचाउँदै देवरकाे सहारा बनिरहेकी छन् । भित्र बाहिर गराइरहेकी छन्, रुखाेभुकाे खाना खुवाएकी छन् । नुहाएकि छन्, चुठाएकी छन् । यसाे त आजकाे स्वार्थी समाजमा यत्तिको सहयोगी मनका भाउजुहरु भेट्टाउन निकै कठिन छ ।

 

पारिवारिक स्राेतका अनुसार कमजोर आर्थिक अवस्थाकै कारण मदनकाे दैनिक रुपमा आवश्यक पर्ने दूध, माछामासु तथा फलफूल जन्य पाैष्टिक आहारकाे जाेहाे गर्न सकिएकाे छैन भने दिसापिसाब विर्जनका लागि चाहिने डायपर तथा युरिन ब्यागसमेतकाे अभाबले नियमित सरसफाइमा निकै समस्या उत्पन्न भएको उनकी भाउजुकाे गुनासाे छ ।

हाल ऐरावती गाउँपालीकाको छापमा दाईको डेरामा बस्दै आएका मदनलाई गएको २०७७ सालमा निशुल्क उपचारकाे लागि एम्बुलेन्स मार्फत अस्पतालमा ल्याउने/लैजाने, खाना, औषधि लगातएको खर्च सोहि गाउँपालिकाले गर्ने बिषयमा सहमति पनि भयो । सोहिबमोजिम मदनलाई अस्पतालमा पनि पठाइयो तर अस्पतालमा डाक्टरहरूलाई नै कोरोना पोजेटिभ देखिएपछि तत्कालीन समयमा अस्पताललाई शील गर्नुपर्याे । त्यसको प्रत्यक्ष मारमा सबै बिरामीहरु नै परे तर दुई दिनमात्रै थेरापि गराएका मदनलाई धेरै नै मर्का पर्याे ।

साेमबार हामीले यो समााचार तयार पार्दासम्म जिल्ला अस्पताल प्यूठानका मेडिकल अधिकृत डाक्टर राजेन्द्र पौडेलले सबैसँग समन्वय गरेर युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारको प्रबन्ध मिलाउन लागिरहेको बताएका छन् ।  मल्लरानी गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष गाेपाल बहादुर थापाले उनको उपचारको लागि एम्बुलेन्स तथा खानपिनसहितको आर्थीक जोहोमा आफु लाग्ने प्रतिबद्धता जनाएका छन् ।

 

उता माओवादी केन्द्रका युवा नेता हरी बस्नेतले पनि मदनको उपचारको सहजताको लागि सबैतिर चाँजोपाँजो मिलाइरहेको जानकारी दिएका छन् । अस्पताल प्रशासनका अनुसार पनि सबै प्रक्रिया पुगेको खण्डमा भोली अर्थात भदौ २६ गतेबाटै मदनको निशूल्क उपचारको थालनी हुनेछ । चरम आर्थिक अभावमा जीवन मृत्युको संघर्षमा लडिरहेकाे मदनकाे परिवारले सहयोगी मनका सराेकारवाला समाजसेवीहरुले सकेजति आर्थिक जाेहाे गरिदिन आग्रह गरेकाे छ । स्मरण रहाेस्: २०७६ सालमा दिल्लीमा ढाडकाे अप्रेशन गर्दा अस्पतालमा तिर्नुपरेकाे ७ लाख भारतीय रुपैयाँ निजका दाइले काम गर्ने एक हाेटलका मालिकले जाहाे गरिदिएका थिए । उनका माइला दाजुले ४ वर्षदेखि साेही ऋण तिर्नकै लागि निजकाे हाेटलमा हालसम्म काम गरिरहेका छन् । ऋण चुक्ता नहुँदासम्म घर वा अन्यत्र कतै जान नपाइने साहुसँगकाे वचनबमाेजिम उनी ४ वर्षदेखि आफ्नो घर फिर्न पनि पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation