लियाे क्लबद्वारा बुटवलमा दिप प्रज्वलन

सुशील खनाल, बुटवल 

असोज ३ गते संविधान दिवसको अवसरमा लियो क्लब अफ बुटवल सिटी र लियो क्लब अफ अन्नपूर्ण सेकेन्डरी स्कुल (अल्फा) काे संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । लियो क्ल्व अफ बुटवल सिटिका उपाध्यक्ष भावना गौतमको अध्यक्षता, प्रमुख अतिथि केसब पाण्डे, लियो विशिस्ट अतिथि सुमन पौडेल, लियो आशिष् कुवर लगायत रहेकाे उक्त कार्यक्रम मोड्न सेकेन्डरीको प्राङगणमा गरिएको थियो ।

दिप प्रज्वलन कार्यक्रम साँझ ५ बजे देखि ६ बजेसम्म  गरिएको थियो । कार्यक्रममा लियो अल्फा र लियो बुटवल सिटिका मेम्बरहरुको उपस्तिथिती रहेको थियाे । देशले ६५ वर्ष लामाे संघर्षबाट जनताद्वारा लेखिएको संविधान पाएकाे आठौं वर्षकाे खुसियालीमा दिप प्रज्वलन गरिएको वक्ताहरूले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation