सल्यानमा तरकारी बोकेको जिप दुर्घटना ,२ जनाको मृत्यु

रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप सोमबार बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा परी दाङ तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation