दक्षिण एसियामा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव

शशिधर भण्डारी

क्रान्ति जस्तो महान कार्य सम्पादनमा आफ्नो देशको वस्तुस्थिति, अन्तराष्ट्रिय परिस्थिति, यथार्थता र वस्तुनिष्ठतालाई उपेक्षा गरेर क्रान्ति आसातित हुँदैन भन्ने कुरा इतिहासले पाठ सिकाएको छ । नेपालको परिदृश्यमा चीनको वर्ग विश्लेषणको फोटो फार्म गरेर होइन आफ्नै वर्ग विश्लेषणको जगमा क्रान्तिको तयारी गर्नुपर्दछ । आजको परिवर्तित परिस्थितिमा दीर्घकालिन जनयुद्ध भन्दा अगाडि सशस्त्र जनविद्रोहको कार्यनीतिलाई अगाडि बढाउन गई दीर्घकालिन जनयुद्धको कार्यनीतिमा स्थापित छापामार दस्ता एउटा जगेडा शान्तिका रुपमा रहनुपर्दछ । नेपालको राज्यसत्ताको चरित्रका आधारमा मूल्यांकन गर्दा छापामार युद्धका साथसाथै सशस्त्र जनविद्रोह नीति अनिवार्य सर्त हो । जनविरोधी र प्रतिक्रान्तिकारी व्यवस्थाका विरुद्धको लडाइमा अन्तिम विजय क्रान्तिकारीहरुको नै हुन्छ । तर त्यो विजय प्राप्त गर्न आफ्नो दिमागमा भएको सामन्तवाद र पूँजीवादका विरुद्धमा सर्वप्रथम वैचारिक हतियार उठाउन सक्नुपर्छ । माओत्सेतुङ र चिनियाँ जनवादी क्रान्तिको इतिहासबाट आयातित गर्नपर्ने कुरा यो हो । अन्य भौतिक काम त आफ्नो देशको वास्तविकता अनुरुप अगाडि बढाउने हो ।

    अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा सन १९४९ मा सम्पन्न चिनियाँ क्रान्तिले फरक अवधारणा बोकेको छ । चीनमा रुसमा जस्तो एकैचोटी समाजवादी क्रान्ति भएको थिएन ।  चीनमा कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति अर्थात तेस्रो प्रकारको पूँजीवादी क्रान्ति भएको थियो । चिनियाँ जनताले २२ वर्षसम्म दीर्घकालिन सशस्त्र जनयुद्ध लडेर सो क्रान्ति सम्पन्न गरेका थिए । नयाँ जनवादी प्रणाली, दीर्घकालिन सशस्त्र जनयद्ध–२ गाउँले शहर घेर्ने रणनीतिका प्रेणता माओत्सेतुङ थिए । चीनमा नयाँ जनवादी क्रान्तिका निमित्त दीर्घकालिन जनयुद्ध संचालन भइरहँदा शोभियत रुसमा स्टालिनको नेतृत्वमा समाजवादी प्रणाली निमार्णको प्रक्रिया अगाडि बढिरहेको थियो । शोभियत रुसले चिनियाँ कम्युनिष्ट आन्दोलनको हेरचाह र रक्षा गरेका थिए । तर, चिनियाँ क्रान्तिको मोडेलका विषयमा माओ र स्टालिनका बीचमा केही मतभेदहरु थिए । चीन एउटा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको कृषि प्रधान मुलुक थियो । दीर्घकालिन जनयुद्ध, गाउँले शहर घेर्ने रणनीति, किसान आन्दोलन, नयाँ जनवादी क्रान्ति हुँदै समाजवादको दिशामा  संक्रमण गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको आम लाइन थियो । त्यसका निमित्त कम्युनिस्ट पार्टीको नेतृत्वको जनमुक्ति सेना, रणनीतिक संयुक्त मोर्चा, फौजी उपायका निमित्त पार्टीले अगाडि सारेका ठोस कार्यक्रम थिए । माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले अगाडि सारेका चिनियाँ क्रान्तिकारी आन्दोलनका यी मूल्यहरु चिनियाँ उत्पादन प्रणाली, वर्ग विश्लेषण र मूलतः ठोस चिनियाँ विशेषता अनुरुप थिए । यिनै मूल्यहरुको जगमा हिडेर नै चीनमा सन १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यो विशाल जनसंख्या र भूखण्ड भएको देश सन १९५४ बाट समाजवाद निर्माणको  संक्रमणको दिशामा अगाडि बढ्यो ।
माक्र्सवाद लेलिनवादलाई क्रान्तिका नयाँ मूल्यहरु मार्फत चिनियाँ विशेषतामा आधारित विशेषतः माओत्सेतुङको वैचारिक सैद्धान्तिक मार्ग अनुरुप चीनमा प्रयोग भयो । जसलाई चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद लेलिनवादको नयाँ चरणको विकासका रुपमा माओत्सेतुङ विचार धाराका रुपमा  स्वीकार  ग¥यो । माओत्सेतुङका अन्तरविरोधबारे, व्यवहारबारे लगाएतका केही कृतिहरुले विश्व कम्युनिष्ट आन्दोलनमा नै प्रयोगात्मक  महत्व राख्ने भए । त्यसका अतिरिक्त माओत्सेतुङले प्रतिपादन गरेको विचार, अर्धऔपनिवेशिक, अर्धसामन्ती अन्तर्गत र कृषि प्रधानका निमित्त विश्वका कैयन  त्यो मोडेलका मुलुकहरुले उपयुक्त अस्त्रको रुपमा ग्रहण गरे । फिलीपिन्स, पेरु, कोलम्बीया लगायतका मुलकहरुमा माओको विचार र योगदानको माओ विचारधारा वा माओवादका रुपमा उदय मात्र भएन, सोही विचार र मूल्यहरुको अनुशरण गरेर सशस्त्र जनयुद्धको विणा समेत उठाइयो ।

दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा झन माओत्सेतुङ विचारधाराको प्रभाव नपर्ने कुरा नै भएन । भारत, नेपाल, पाकिस्तान, बंगलादेश आदि मुलुकहरुमा चीनको कम्युनिष्ट पार्टीले अगाडि सारेको क्रान्तिकारी आन्दोलनको मोडेलको अनुशरण मात्रै गरिएन । कतिपय अवस्थामा अन्धानुकरण गर्ने कामहरु पनि भए । उदाहरणका लागि भारतमा सन १९६० को दशकको अन्तिममा उर्लेको नक्सलवादी विद्रोहमा चीनको अध्यक्ष माओ हाम्रो पनि अध्यक्ष भन्ने नारा भारतको गगनमा घन्कियो । झापाली कमरेडहरु विं.स. २०२८ को झापा विद्रोहमा माओको मात्र होइन नक्सलवादी आन्दोलनका नेता क.चारु मजुमदारको समेत अन्धानुकरण गर्न पछि परेनन् । दक्षिण एसियामा कैयन कम्युनिष्ट पार्टीहरुको आफ्नो देशको उत्पादन प्रणाली राज्य सत्ताको चरित्र लगायत थप जनमनोवैज्ञानिक स्थितिको समेत मूल्यांकन गरेर वर्ग विश्लेषण गरेनन् । चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ समाजको अध्ययन गरेर गरेको वर्ग विश्लेषणलाई फोटो फार्म गरेर क्रान्तिको ज्वाला र बन्दुक उठाए । भारतमा कम्युनिष्ट आन्दोलन भित्र पैदा भएका अरु विचारहरुको पनि प्रभाव प¥यो । सन् १९७० पछाडि भारतको कम्युनिष्ट आन्दोलनमा लेनिनवाद र माओको विचारको पनि प्रयोग गरेको देखिन्छ । भारतमा क.महादेव मुसलीको एउटा सानो समूहले माक्र्सवाद लेनिनवाद र लिलार्मसाओवाद जिन्दावादको नारा लगाएको थियो । नक्सलवादी विद्रोहको लिगेसीका रुपमा भारतीय कम्युनिष्ट पार्टी माओवादी) ले बितेका ५३ वर्षदेखि आजसम्म निरन्तर सशस्त्र जनयुद्ध संचालन गरीरहेको छ । माओवादको आदर्शमा यति लामो कालखण्डसम्म एउटा पार्टीले निरन्तर सशस्त्र जनयुद्ध हाँकिरहनु सामान्य समर्पणको विषय होइन । माओत्सेतुङ चीनको कम्युनिष्ट पार्टीको कार्यदिशा नयाँ जनवादी क्रान्तिको कार्यक्रमप्रति भारतका कम्युनिष्टहरु अत्यन्त समर्पित भएको पनि देखिन्छ । सन १९६२ मा भारत र चीनका बीचमा युद्ध सुरु हुँदा कतिपय नेताहरु चीनको पक्षमा विचार प्रकट गरेका थिए । तिनीहरुलाई भारत सरकारले देश द्रोहको अभियोसम्म लगाएर सजाय दिएको थियो ।


सन १९६० को दशकमा पाकिस्तानका वुद्धिजीविहरुको दिमागमा माओत्सेतुङ विचार र चिनियाँ क्रान्ति विषयक चिन्तनले जवरजस्त प्रयास पारेको थियो । पाकिस्तानमा पनि कृषिमा आधारित अर्थतन्त्र भएकोले चिनियाँ मोडेलको क्रान्तिको बाटोले बढ्ता आकर्षित गरेको देखिन्छ । कूटनीतिक रुपमा १९६० को दशकमा पाकिस्तान र चीनका बीचमा कायम भएको सुमधुर सम्बन्धलाई उपयोग गरेर पाकिस्तानका माओवादीहरुले माओको विचारलाई व्यापक रुपमा जनताका बीचमा पु¥याएका थिए । तिनीहरुले चीनको अर्धऔपनिवेशिक अवस्था र पाकिस्तानको नवऔपनिवेशिक अवस्थालाई एउटै कुरा मान्दथे । सन १९६५ मा भारत र पाकिस्तानका बीचमा युद्ध भएपछि पाकिस्तानमा माओका राता पुस्तक र टोपीहरुको भेल नै आएको थियो । त्यो चिनियाँ धारको नेतृत्व अब्दुल महिम खान भासिनीले गरेका थिए । पाकिस्तान सरकारले पछि भासिनीलाई देश निकाला गरेर पूर्वि पाकिस्तानतिर तिर धपायो । पाकिस्तानको कम्युनिष्ट आन्दोलन रुसी धुव्र र भारतीय धुव्रमा विभाजित थियो । त्यसैमा पश्चिममा सामन्तवादीहरुले जातीय राजनीतिको प्रवाह गरे । त्यसपश्चात पाकिस्तानको माओवादी आन्दोलनलाई संकिर्ण अन्तर–मुस्लिम तथा हिन्दु–मस्लिम जातिवादी विचारधाराले निल्न पुग्यो । भनिन्छ, लाहोर शहरका साँगुरा गल्लीमा आज पनि चिनिया क्रान्ति र माओत्सेतुङ विचारधाराप्रति समर्पण देखाउने केही बुढाहरु भेटिन्छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पनि नेपालको ठोस वस्तुस्थिती र गहन अध्ययनका आधारमा नेपाली समाजको वर्ग विश्लेषण, चीनको अर्धऔपनिवेशिक अवस्था र नेपालको अर्धऔपनिवशिक अवस्थालाई एउटै ठानेर तदनुरुप विश्लेषण गरियो । झापा विद्रोह सिधा रुपमा नक्सलवादी विद्रोह र चिनिया नक्कल थियो । विं.स. २०५२ बाट ने.क.पा. (माओवादी)ले सुरु गरेको जनयुद्धमा पनि चिनियाँ मोडेलको नै अनुशरण गर्न खोजिएको थियो । नेपाल–भारत लगाएत दक्षिण एसियाका मुलुकहरुमा सन १९७६ पछाडि चीनको कम्युनिष्ट पार्टीले लिएको दक्षिणपन्थी मार्गको पनि व्यापक प्रभाव परेको देखिन्छ । त्यही प्रभावको परिणाम नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चीनको कम्युनिष्ट पार्टी सह–भाइचारा सम्बन्ध कायम राख्दै सिजिङ पिङ विचारको मार्ग लिने काममा संलग्न भएको थियो, तर नेकपा विभाजनको सिकार भइहाल्यो । अव कुन घटक कसरी अगाडि बढ्दछ हेर्न बाँकी छ ।

सन १९६० देखि १९७५सम्म बंगलादेशमा इन्जिनियर शिवराज सिकरुरले नेतृत्व गरेको बंगलादेश सर्बहारा पार्टीले चिनियाँ शैलीकै परम्परागत कम्युनिष्ट आन्दोलन चलाएको थियो । सो पार्टीले नयाँ जनवादी क्रान्तिको नारा लगाएर १९७१ म पाकिस्तानी सेना र अवामी लिगका मुक्ति आन्दोलनका ज्वारभाटाहरुसित समेत लडेको थियो । भारतले स्वतन्त्र बंगलादेशको माग राखेर संघर्षमा उत्रेको अवामी लिगलाई समर्थन गरेको थियो । चीनले पाकिस्तानलाई समर्थन गरेको थियो । बंगलादेशको सर्वहारा पार्टीमा क. माओत्सेतुङ र चिनियाँ कम्युनिष्टहरुप्रति अत्यन्त गहिरो प्रेमभाव थियो । पूर्वि बंगालका कैयन कम्युनिष्टहरुले चीनले माक्र्स–स्टालिनलाई समर्थन गरेका कारण पाकिस्तानी सेनालाई समर्थन गरेका थिए । पछि स्वतन्त्र बंगलादेशको जन्म भएपछि राजद्रोहीको अभियोगमा कम्युनिष्टहरुलाई निर्मम दमन गरियो । तर पनि बंगलादेशका नेता शेरन मजबुर रहनमानको सशक्त प्रतिपक्ष कम्युनिष्टहरु नै थिए । तर दुःखको कुरा तिनीहरु प्नि सैद्धान्तिक मदभेदका कारण फुटको सिकार भए । सन १९७४ मा सर्वहारा पार्टीका नेता कुमारशिराज शिकिन्दरको रहरस्यमय मृत्यु भयो । त्यो मृत्युले झन ठूलो धक्का पु¥यायो । चीनबाट पूर्ण समर्थन पाएको पाकिस्तानमा कम्युनिस्ट पार्टी (माले) पनि गतिविधिमा संलग्न थियो । सो पार्टीले नयाँ राज्यका रुममा बंगलादेशको जन्म भएतापनि पार्टीको नाम फेरेको थिएन । सरकारको सशक्त प्रतिपक्षका रुपमा रहेका कम्युनिस्टहरुका नेता क. शिराज सिकन्दरको मृत्यु पश्चात संसदमा शेरण मुजिवले गर्जेर भनेका थिए “ कहाँ छ आज शिराज सिकन्दर ?” यसबाट पनि ग्रामीण इलाकामा बर्ग स–धर्मको ज्वार खडा गरेका र लाल बंगालको नारा बोकेका बंगाली कम्युनिस्टहरुको शक्ति थाह हुन्छ । १९७५ पछि पार्टी भित्रको मतभेद, गैरसरकारी संस्थाहरुको प्रवेश, सरकारको दमन आदि कारणले बंगलादेशमा उठेको जनवादी क्रान्तिको नारा कमजोर बन्दै गएको छ । आज पनि बंगलादेशमा कम्युनिस्ट पार्टी लगायतका समूहहरु क्रियाशील छन् । त्यहाँको पनि एउटा समस्या नेपालको जस्तै नेताहरु प्रेरणाका स्रोत बन्न सकेनन् ।
चीनमा १९४९ मा सम्पन्न नयाँ जनवादी क्रान्तिको ज्वारभाटाले एसिया र ल्याटिन अमेरिकाका कृषि प्रधान अर्धउपनिवेशिक, अर्धसामन्ती मुलुकहरुलाई त्यहाँका कम्युनिष्ट पार्टीहरुले मजाले लखेटेको देखिन्छ । सन १९७६ मा माओत्सेतुङको मृत्यु भएको एक महिना पुरा नहुँदै चीनमा दश वर्षदेखि चल्दै आएको महान सर्वहारा सास्कृतिक क्रान्तिका सेनानीहरुको अन्तको घोषणा मात्र गरिएन, सो क्रान्तिका सेनानीहरुलाई कडा सजायको भागिदार बनाइयो । तर पनि त्यस सजायको निषेध गर्दै एसिया र ल्याटिन अमेरिकाका कुना कुनामा महान सर्वहारा साँस्कृतिक क्रान्ति जिन्दावादका नाराहरु गगनमा घन्काईरहे । कतिपय स्थानमा आज पनि ती नाराहरु जोडले उठिरहेका छन् । स्वर रोकेको किन नहोस तर इतिहासको कटु सत्य यो भयो कि माओले चीनमा प्रयोग गरेको सामाजिक फर्मुला मात्र शेष विश्वको क्रान्तिका निमित्त अपुग साबित भयो । जसको परिणाम चिनियाँ क्रान्तिको शैलीलाई अंगिकार गरेर दीर्घकालिन जनयुद्धको लक्ष्यमा टेकेर हतियारहरु उठे । तर सफल भएनन ।
जनयुद्धमा ढलेका लासहरुको उपेक्षा गर्दै कतिपय माओवादी पार्टीहरुले शान्तिपूर्ण संसदीय संक्रमणको रोमाञ्चक बाटो समाते । यो झन आत्मघाती बाटो साबित भयो । कार्यनीति बनाएर बुर्जुवा संसद हुँदै सरकारमा पुगेको केही कम्युनिष्ट नेताहरु नव बुर्जुवा अपशी राजकुमारका रुपमा प्रकट भए । कम्युनिष्ट आन्दोलनलाई तितरबितर बनाउन थुप्रै कारण शक्तिहरु समाजमा विद्यामान रहिरहेका हुन्छन । कम्युनिष्ट आन्दोलनको वैचारिक धारले तिनलाई चिरेर जनतालाई आफ्नो पक्षमा पार्ने काममा नेतृत्व तह चुक्यो भने आन्दोलनले सेटव्यापक खाँदो रहेछ । नेतृत्व तहको व्यवहारमा सामन्ती वा पूँजीवादी चिन्तन प्रणालीको धरातलबाट उठ्न सकेन भने मुक्ति खोज्ने जनता कार्यकर्ताको नेतृत्वप्रतिको मोह भंग हुदोरहेछ । त्यसपछि जीवन निर्वाह नै प्राथमिकतामा परेपछि त्यस्तो निराश समाजमा पश्चिमा साम्रराज्यवादको वित्तीय संस्थाबाट संचालित एन.जि.ओ. र आई.एन. जि.ओ. निकै फस्टाउने रहेछ । कम्युनिष्ट आन्दोलनबाट विरक्त जनमतले जातीय नारा बोक्न समेत पछि नपर्दाेरहेछ । माओका राता पुस्तकहरुको कसम खाएका उत्तरपूर्वि भारतका विद्रोहीहरु र श्रीलंकाका जनता भिमुक्ति पेरामुना (जे.मि.मि.) को यही हालत भयो । नेपालको माओवादी आन्दोलन भित्र पनि जातिवादी नारा नराम्रोसित गन्हायो ।
क्रान्ति जस्तो महान कार्य सम्पादनमा आफ्नो देशको वस्तुस्थिति, अन्तराष्ट्रिय परिस्थिति, यथार्थता र वस्तुनिष्ठतालाई उपेक्षा गरेर क्रान्ति आसातित हुँदैन भन्ने कुरा इतिहासले पाठ सिकाएको छ । नेपालको परिदृश्यमा चीनको वर्ग विश्लेषणको फोटो फार्म गरेर होइन आफ्नै वर्ग विश्लेषणको जगमा क्रान्तिको तयारी गर्नुपर्दछ । आजको परिवर्तित परिस्थितिमा दीर्घकालिन जनयुद्ध भन्दा अगाडि सशस्त्र जनविद्रोहको कार्यनीतिलाई अगाडि बढाउन गई दीर्घकालिन जनयुद्धको कार्यनीतिमा स्थापित छापामार दस्ता एउटा जगेडा शान्तिका रुपमा रहनुपर्दछ । नेपालको राज्यसत्ताको चरित्रका आधारमा मूल्यांकन गर्दा छापामार युद्धका साथसाथै सशस्त्र जनविद्रोह नीति अनिवार्य सर्त हो । जनविरोधी र प्रतिक्रान्तिकारी व्यवस्थाका विरुद्धको लडाइमा अन्तिम विजय क्रान्तिकारीहरुको नै हुन्छ । तर त्यो विजय प्राप्त गर्न आफ्नो दिमागमा भएको सामन्तवाद र पूँजीवादका विरुद्धमा सर्वप्रथम वैचारिक हतियार उठाउन सक्नुपर्छ । माओत्सेतुङ र चिनियाँ जनवादी क्रान्तिको इतिहासबाट आयातित गर्नपर्ने कुरा यो हो । अन्य भौतिक काम त आफ्नो देशको वास्तविकता अनुरुप अगाडि बढाउने हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation