विप्लव पुत्र विवाह: पुँजीवादी कि जनवादी ?

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवका छोराको विवाह सम्पन्न भएको छ । उनकाे जेष्ठ सुपुत्र डा. प्रकाश सीको बुधबार डा.मान्यता सीसँग उनकै निवास कपिलवस्तुको शिवगढीमा विवाह भएको बताइएको छ । बुधबार सम्पन्न भएको बिबाह पुँजीवादी कि जनवादी भन्ने वहस पनि सुरु भएको छ । उनीहरुको प्रगतिशील विवाह नै भएको कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यर्ताहरुकाे दावी छ।

तर विवाह समारोहमा टेन्ट हालेर आमन्त्रितलाई भव्य रुपमा भोजन गराइएको थियो । फोटोमा प्रगतिशील विवाह भनिए पनि विवाहस्थलको साजसज्जा, श्रृङ्गार तथा हाउभाउ निकै महँगो देखिएकाेले जनवादी संस्कृतिको भ्रष्टिकरण भएको भन्दै वाम विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

टेन्ट हाल्नु, माछामासुसहितकाे भव्य पार्टी गर्नु, गरगहना र महंगो श्रृङ्गारसहितकाे पहिरन गर्नुले पुँजीवादी बैबाहिक  संस्कृतिकाे पुनरावृत्ति देखिनु निकै लाजमर्दो विषय हाे । यद्यपि विप्लव पुत्र डाक्टर प्रकाश सीकाे भने सामान्य पहिरन देखिएको छ । सी जातिको संस्कृति अनुसार बिबाह भएको हल्ला गर्ने तर अर्कोतिर व्यवहारमा पुँजिवादी संस्कृति स्पष्ट देखिने यस्ताेखाले बिबाहले समाजमा झनै अन्याेलता सिर्जना हुने विश्लेषकहरुकाे निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2024 Pranmancha All right reserved Site By : Himal Creation