बन्द काेठामा दुई जनाको शव फेला !

तुलसीपुर, २०

तुलसीपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर- ९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका दुई जना युवा-युवती मृत अवस्थामा भेटिएका बताएको छ। सल्यानकाे त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलावाङका अन्दाजी २६ वर्षिय सुशील भण्डारी र शारदा नगरपालिका वडा नम्बर १२ अम्रै टाकुराका अन्दाजी २१ वर्षिय पबित्रा डाँगी एउटै कोठामा मृत अवस्थामा फेला ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवक झुण्डीएको अवस्थामा फेला परेका छन् भने युवतीको शव खाटमा फेला परेकी बताएको छ ।डिएसपी ठाकुरले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको हुनसक्ने बताउनुभयो । भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको हुँदा पनि आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ

आज बिहान नउठेपछि घर धनिले प्रहरीलाई खबर गर्नुभएको थियो । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation