तिहारलगत्तै घाेराही-तुलसीपुर फाेरलेन सडककाे टेण्डर हुन्छ: रेखा शर्मा

२७, असाेज/ तुलसीपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छिन् । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिइन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताइन् ।

हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ । बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन् ।

मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न रु ३० करोड बजेट विनियोजन गरेको बताइन् । राताेपाटी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation