विप्लवका नगर सेक्रेटरी विष्णु शोकमा, नेकपा रुकुमद्वारा श्रद्धाञ्जली व्यक्त

रुकुम (पश्चिम), विप्लव नेकपा रुकुम (पश्चिम) जिल्लाकाे चाैरजहारी नगर सेक्रेटरी कमरेड विष्णु मातृशाेकमा परेका छन् । रुकुमकाे सानीभेरी ८ अामडाँडा निवासी उहाँकी ममतामयी हजुरअामा खिमी खत्रीकाे ९३ बर्षमा शनिबार निधन भएको पारिवारिक स्राेतले जानकारी गराएको हाे । नेकपाकाे अभिभावक तथा सुभचिन्तक अामाकाे निधनप्रति नेकपा रुकुम (पश्चिम) द्वारा एक विज्ञप्ति जारी गर्दै मृतक अामाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शाेकमा परेकाे परिवारजनमा गहिराे समवेदना व्यक्त गरिएको छ ।

रुकुम (पश्चिम) सेक्रेटरी चन्द्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ ´चाैरजहारी नगर सेक्रेटरी कमरेड विष्णुकि ममतामयी हजुरअामा, हाम्रो अभिभावक  सानीभेरी ८ अामडाँडा निवासी खिमी खत्रीकाे ९३ बर्षमा २०७७ चैत  २७ गते भएको असमायीक निधनकाे खबरले हाम्रो पार्टी पंक्तिलाई स्तब्ध एवं मर्माहत बनाएको छ ।  याे दुखद घडीमा हाम्रो पार्टी मृतअात्माकाे चिर शान्तिकाे कामना गर्दै शाेकसन्तप्त परिवारजनमा गहिराे समवेदना व्यक्त गर्दछ ।`

ReplyForward

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation