वेस्ट बैंकमा इजरायलीले गरेको आक्रमणको बाइडेनले गरे निन्दा

बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको अन्त्य गर्न आहृवान समेत गरेका छन् ।

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमण र घेरामा परेको गाजा पट्टीमा इजरायलले निरन्तर बमबारी गरेपछि वेस्ट बैंकमा प्यालेस्टिनीहरू विरुद्ध हिंसा बढेको छ ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार केही वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टिनीहरूको हत्या समेत गरेका छन् ।

अधिकारवादी समूहहरूले पनि वेस्ट बैंकमा बसोबास गर्ने इजयारलीहरूले कारमा आगजनी गरेका छन् र प्यालेस्टाइनी समुदायमाथि आक्रमण गर्दै उनीहरूलाई ती क्षेत्रहरू खाली गर्न बाध्य पारिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation