

घोराही । बंगलाचुली गाउँपालिकाको तापामा सिमेन्ट उद्योगले चुन ढुंगा उत्खनन् गर्दा वातावरणीय प्रदूषण तथा धुलाम्मे सडक स्तरोन्नती गर्नुपर्ने माग राख्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएका छन् । पालिका भित्र सिमेन्ट उद्योगहरुले खानी उत्खनन् गरिरहेको र खानी र कच्ची सडकबाट उत्पन्न धुलो र धुवाले त्यहाँका जनताहरुलाई प्रत्यक्ष प्रभाव पारेको र त्यसको तत्काल समाधन तथा न्यूनिकरण गर्न माग गर्दै स्थानीय युवाहरुले सोमबार जिल्ला प्रशासन कार्यालय दाङमा माग पत्र बुझाएका हुन् ।
स्थानीय युवा शुशिल परिवारको अध्यक्षतामा बसेको बैठकले हेवी लोडका टिप्परका कारण बाटो वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा बंगालचुलीबासीहरुका वातावरण प्रदूषण भएको तथा सडक सडक धुलाम्मे भएको र यसको तत्काल समस्या समाधन गर्नुपर्ने निष्कर्ष निकाल्दै तीन वटा निर्णय जिल्ला प्रशासन कार्यालय बुझाएको हो । युवाहरुको बैठकले प्रदूषित वातावरणलाई न्यूनिकरण गर्ने, सडकको स्तरउन्नती गर्ने र चुन ढुंगा उत्खनन् तथा ढुवानी सम्बन्धमा गम्भीर छलफल गरी निर्णय गरे पश्चात यस्ता समस्या समाधानको विकल्प खोज्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा माग पत्र पेश गरिएको थियो ।



