डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशकमा साइमा बाजेद विजयी

 

नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो ।

यो पदका लागि नेपालका शम्भुप्रसाद आचार्य पनि उम्मेदवार थिए ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लिस्टे गरी ११ देश सदस्य छन् ।

यिनै ११ देशका स्वास्थ्य मन्त्रीहरु पालैपालो क्षेत्रीय अध्यक्ष हुन्छन् । उनीहरुले नै मतदान गरेर वा सहमतिमा क्षेत्रीय निर्देशक चयन गर्दछन् ।

यसपटक म्यानमानर बाहेकका १० देशका स्वास्थ्यमन्त्रीहरुले क्षेत्रीय निर्देशक चयन गरेका हुन् । म्यानमारमा सैनिक शासन भएको र त्यसलाई संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले उसले यसपटक क्षेत्रीय निर्देशक चयनमा मत व्यक्त गर्न नपाएको हो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation